११ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

बैतडीमा गहुँ उत्पादनमा कमी आउने

बैतडी- बैतडीमा यो वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ । जिल्लाका धेरै ठाउँमा असिनापानीले गहुँबाली क्षति पुर्‍याएको तथा पहेलो सिन्दुरे रोगले पनि गहुँबालीलाई क्षति पुर्‍याएकाले गहुँ उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

पुर्चौडी नगरपालिका र डिलासैनी गाउँपालिकामा असिनाले धेरै क्षति गरेको छ । गहँबालीसँगैे अन्य अन्नबाली तरकारी, फलपूmलमा समेत व्यापक क्षति पुर्‍याएको छ । यस्तै असिनाले पाटन नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिका केही क्षेत्रमा पनि क्षति गरेको स्थनीय किसानले बताएका छन् ।

असिना परेको ठाउँमा ७५ प्रतिशत गहुँबाली नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । असिनापानीले गहुँबाली नष्ट भएका उत्पादन घट्ने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । बैतडीमा १७ हजार पाँच सय हेक्टर जमिनमा गहुँ खेती गरिँदै आएको छ । गत वर्ष २४ हजार पाँच सय मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

प्रकाशित: १७ वैशाख २०७७ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App