२० आश्विन २०८१ आइतबार
image/svg+xml

सिरियामा हवाई आक्रमणको तयारी

अमेरिका, फ्रान्स र बेलायतले सिरियामा संयुक्त आक्रमणको तयारी गरेका छन्।समाचार एजेन्सीहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा टिमका सदस्यहरुसँग छलफल गरेका छन् भने फ्रान्सका राष्ट्रपतिसँगसमेत यसबारे छलफल गरेका छन्।

सिरियाली विद्रोहीद्वारा आत्मसमर्पण

सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन्।

अमेरिकी र टर्किस् राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा टेलिफोन वार्ता भएको बताइएको छ।

सिरियामा मिसाईल आक्रमण गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि मिसाईल आक्रमण गर्ने घोषणा गरेका छन्।

सिरिया मुद्दामा तयार रहन रुसलाई अमेरिकाको चेतावनी

सिरियामा भएको भनिएको शंकास्पद रासायनिक ग्यास हमलालाई लिएर अमेरिकाले रुसलाई चेतावनी दिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एउटा ट्विट गर्दै सिरियामा क्षेप्यास्त्र प्रहार हुने भन्दैरुस तयारी अवस्थामा बस्न चेतावनी दिएका हुन्।

सिरियामाथि सैन्य कार्वाही गर्ने ट्रम्पको चेतावनी

सिरियामा रासायनिक हमला गर्नेलाई सैन्य कार्वाही गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्।

सिरियाको हवाई शिविरमा क्षेप्यास्त्र आक्रमण, १४ मारिए

सिरियाको सैन्य हवाई शिविरमा सोमबार क्षेप्यास्त्र आक्रमण हुँदा १४ जनाको ज्यान गएको छ।

सिरियाली विमानस्थलमा मिसाइल आक्रमण

सिरियाको सैन्य विमानस्थलमा मिसाइल आक्रमण भएकाे छ। सिरियाको होम्स शहरमा रहेको टी ४ एयरवेसनजिकै मिसाइल आक्रमण भएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

सिरियामा रासायनिक हमला, ७०को मृत्यु

सिरियाको गुटा सहरमा रासायनिक हमला हुँदा ७०भन्दा बढीको मृत्यु भएको छ। राहत तथा उद्दारमा खटिएका स्वयम् सेवकले दिएको जानकारीअनुसार गुटास्थित डोमा सहरमा विशालु ग्यासको आक्रमणमा परी कम्तीमा ७० जनाको ज्यान गएकोे छ।

सिरिया हिंसा रोक्न पोप फ्रान्सिसकाे अनुराेध

इसाईहरूका धर्मगुरु पोप फ्रान्सिसले सिरियामा जारी हिंसा रोक्न अनुराेध गरेका छन्।

‘आत्मसमर्पण गर्न विद्रोही तयार’:सिरिया

सिरियाको पूर्वी गुटामा सरकारी फौजसँग संघर्ष गरिरहेको अन्तिम विद्रोही समूह आत्मसमर्पण गर्न तयार भएको राज्य सञ्चालित सञ्चारमाध्यमले आइतबार जनाएका छन्।

सिरियाको गुटाबाट एक लाख २८ हजार विस्थापित

सिरियाको राजधानी दमासकसदेखि पूर्वीक्षेत्रमा पर्ने गुटाबाट कुल एक लाख २८ हजार जना विस्थापित भएका छन्।

सिरिंग पार्ने सिरिया

राजनीति भन्ने कुरा बडो निर्दयी एवं निर्मम हुँदो रहेछ यस आधुनिक युगमा पनि । सत्ता प्राप्तिका लागि जस्तोसुकै कुकर्म गर्नसमेत यो पछि हट्दो रहेनछ ।सत्ताहानथाप र लालसाले आफ्नै देश र बासिन्दाको विनाश गर्न पनि यो चुक्तो रहेनछ । अबोध कलिला बाल–बालिका, अबला नारीएवं निर्दोष नागरिकमाथि जथाभावी गोला र बम प्रहारबाट बीभत्स हत्या हुँदा पनि यसको मन दुख्दो रहेनछ।

सिरियाको गुटा पुगे राष्ट्रसंघीय सहायताकर्मी

संयुक्त राष्ट्रसंघीय सहायताकर्मीहरुको एक समूह सोमबार हिंसात्मक हमलाहरु जारी रहेको सिरियाको गुटा क्षेत्रको नजिकै पुगेका छन्। गएका केही हप्तादेखि उक्त क्षेत्रमा सिरियाली र रुसी सैनिकको हमलाका कारण हिंसा जारी रहेको अवस्थामा सोमबार राष्ट्रसंघीय सहायताकर्मीहरुको एउटा सानो समूह उक्त क्षेत्रको नजिक पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

‘प्रे फर सिरिया’

रगतमा लतपतिएर रोइरहेका बालबालिकाका तस्बिर अचेल सामाजिक सञ्जालमा भाइरल भइरहेका कतिपय तस्बिरमा अभिभावकले बालबालिका च्यापेर दौडेको देखिन्छ भने केही बालबालिका एक्लै रोइरहेका । यस्ता तस्बिर र भिडियो सामाजिक सञ्जालमा देखिन थालेको केही वर्ष भइसक्यो । गत साता भने सामाजिक सञ्जालमा यस्ता तस्बिरले फेरि एकपटक स्थान पाए । संसारभरबाट यस्ता तस्बिर र भिडियो पोस्ट भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्