११ मंसिर २०८१ मंगलबार
image/svg+xml

जापानका नयाँ सम्राट नारुहितोद्वारा राज्यारोहण

जापानका नयाँ सम्राट नारुहितोले मंगलबार मध्यरातबाट जापानको राजगद्दी सम्हालेका छन्। उनी जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं सम्राट हुन्। शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोहमा उनलाई मंगलबार राति जापानी राजपरम्परामा विशेष महत्व राख्ने एउटा तरबारको प्रतीक, एउटा बहुमूल्य रत्न दिइएको थियो।

नारुहितोलाई राष्ट्रपति भण्डारीले दिइन् बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट नारुहितोले गद्दी आरोहण गरेकोमा बधाई दिएकि छिन्। राष्ट्रपति भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै प्रारम्भ भएको ‘रिवा’ युगमा नेपाल र जापानबीचको हार्दिकतापूर्ण धेरै पुरानो मित्रवत् सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकि छिन्।

जापानमा नारुहितो बने नयाँ सम्राट

जापानमा नयाँ सम्राट नारुहितोले बुधबार विधिपूर्वक राज्यारोहण गरेका छन्। राज्यारोहणको औपचारिक र परम्परागत विधि सम्पन्न भएपछि पहिलो पटक भाषण गर्दै उनले विश्वको जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गरेका छन्।

जापानी सम्राटद्वारा गद्दी त्याग

जापानी सम्राट अकिहितोले मंगलबार जापानको राजगद्दी त्याग गरेको घोषणा गरेका छन्। राजधानी टोकियोस्थित इम्पेरियल प्यालेसमा आयोजित एक ऐतिहासिक समारोहकै बीच ८५ वर्षीय स्रमाट अकिहितोले गद्दी त्यागको घोषणा गरेका हुन्।

जापानी राजाद्वारा गद्दीत्याग, ‘हेइसी’ युगको अन्त्य

जापानी राजा आकिहितोले मङ्गलबार राजगद्दी त्याग्नु भएको छ। यसको साथै हाल जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा गरिएको छ। तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्यागसँगै अन्त्य भएको हाे।

जापानी प्रशिक्षकबाट प्लम्बिङ तालिम

पञ्चकन्याग्रुपले सेकिसुई,जापान र स्टारलाइन इन्टरप्राइजेजभारतको सहकार्यमा विशेष किसिमको प्लम्बिङ तालिम दिएको छ। ग्रुपकाअनुसार वैशाख ४ देखि सञ्चालनग रिएको तालिमदुई दिन चलेको थियो। तालिममा एक सय ७५ जना सहभागी थिए। यसमध्ये चार जना महिला थिए। नेपालमा यस किसिमको तालिम दिने पहिलो निजी कम्पनी पञ्चकन्या ग्रुप बनेको छ।

स्याउजत्रो आकारको बालक, अस्पतालबाट डिस्चार्ज गर्ने तयारी

जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन्।

सरोकारवालाको नजरमा २०७५ मा वैदेशिक रोजगार क्षेत्र

२०७५ मा समग्र वैदेशिक रोजगार क्षेत्र कसरी अघि बढ्यो? वैदेशिक रोजगारका सरोकारवालाहरु के भन्छन्? थप जानकारीका लागि हेर्नुहोस भिडियो रिपोर्ट :

जापान उडान अनुमतिको टुंगो ४५ दिनभित्र

नेपाल वायुसेवा निगमले वाइड बडी जहाज जापानको ओसाका सहरमा उडाउन अनुमति माग गरेको छ। प्रक्रिया पुरा गरेर अनुमति मागको लागि आइतबार जापानको जापान सिभिल एभिएसन व्यरो (जेक्याब)मा निगमले आवेदन दिएको निगम सहप्रवक्ता नबराज कोइरालाले जानकारी दिए। उनका अनुसार आवेदन दिएको मितिबाट ४५ दिनभित्र अनुमति पाउने वा नपाउने टुंगो लाग्छ।

टोकियो ओलम्पिक लक्षित पारा तेक्वान्दोको प्रशिक्षण

सन् २०२० टोकियो ओलिम्पिकलाई लक्षित गरी नेपालका पारा तेक्वान्दोका पाँच खेलाडीले जापानमा प्रशिक्षण गर्ने भएका छन्।

सुखद समझदारी

सरकारले ६ महिनाबीचमा दुईवटा महत्वपूर्ण मुलुक मलेसिया र जापानमा नेपाली युवालाई रोजगारीका रूपमा पठाउन सक्ने गरी समझदारी गरेको छ। गत कात्तिक १२ मा नेपाली युवाको पहिलो गन्तव्य मानिएको मलेसियासँग श्रम समझदारी गरेको सरकारले चैत ११ मा अर्को आकर्षक मुलुक जापानसँग नेपाली श्रमिक पठाउने गरी समझदारी गरेको हो।

यस्ता कामदार जान पाउँछन् जापान

नेपाल र जापान सरकारबीच श्रमिक पठाउनेबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको छ। समझदारीमा जापानका राजदूत मासामिचि साइगो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्ति सचिव रामप्रसाद घिमिरेले हस्तारक्षर गरे।

'अब केही दिनमै नेपाली कामदार मलेसिया जान थाल्छन्'

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट नेपाल कम्युुनिष्ट पार्टीको दोस्रो पुस्ताका आशलाग्दा नेताहरू मध्येका एक हुन्। उर्जामन्त्री हुुँदा उनले जुन लोकप्रियता कमाए, उनको दोस्रो इनिङले सायद त्यो उचाई भेटाएन। यद्यपि उनी अनवरत श्रम तथा वैदेशिक रोजगारको सुधार र व्यवस्थापनमा जुटेका छन्। सोमबार नेपाल जापानवीच श्रमिक आपूर्ति सम्झौता हुदै गर्दा नागरिकन्यूजसँग मन्त्री विष्टले जापान सम्झौतासंगै मलेसियामा श्रमिक पठाउने सिलसिला केही दिनभित्रै शुरु हुने बताए। प्रस्तुुत छ, उनीसंगको अन्तर्वार्ता (भिडियो सहित)

जापान कामदार पठाउने समझदारीमा हस्ताक्षर हुँदै, ४० हजार कामदार लैजाने

नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच केही दिनमै समझदारी हुने भएको छ। मन्त्रिपरिषद् बैठकले दुई देशबीच हुने समझदारीमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई जिम्मेवारी तोकेपछि अबको केही दिनमा हस्ताक्षर हुने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्