१० मंसिर २०८१ सोमबार
image/svg+xml

लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगी लगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ।

प्रवासमा रहेका युवाको अगुवाईमा गाउँमा एम्बुलेन्स

खोटाङको रावाबेँसी गाउँपालिकामा प्रवासमा रहेका युवाको पहलमा एम्बूलेन्स जुटाइएको छ । रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवाको अगुवाईमा गाउँका लागि एक वटा एम्बूलेन्स जुटाइएको हो ।

एम्बुलेन्स चालकलाई परामर्शसहित स्वास्थ्य सामग्री वितरण

कोरोना भाइरस (कोभिड–१९) का सम्भावित संक्रमित बोक्ने एम्बुलेन्सका चालकलाई परामर्शसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको छ।

कोरोनाको ‘डेडिकेटेड’ लागि ताप्लेजुङमा २ वटा एम्बुलेन्स तयारी अवस्थामा

जिल्ला एम्बुलेन्स सञ्चालक समिति बुधबार बसेको बैठकले सम्भावित कोभिड-१९ को ‘डेडिकेटेड’ लागि ताप्लेजुङमा सञ्चालित २ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। जिल्ला एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा बसेको बैठकले ताप्लेजुङ जिल्ला अस्पताल र ग्रामीण सेवा मञ्चद्धारा सञ्चालित एम्बुलेन्सलाई कोभिड १९ को ‘डेडिकेटेड’ एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो।

सेवा प्रवाह नगर्ने एम्बुलेन्स नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिई कारबाही गरेको छ।

रसुवामा एम्बुलेन्समा छेकाबार लगाउन सुरु

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नआउँदासम्मका लागि जिल्लामा एम्बुलेन्समा छेकाबार लगाउने काम सुरु भएको छ। जिल्लाको कालिका गाउँपालिकाले गाउँपालिकाको दुवै एम्बुलेन्समा चालक र बिरामीबीच छेकाबार निर्माण गरेको हो।

एम्बुलेन्समा कर्मचारी, दूध बोक्ने गाडीमा मदिरा

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ।

रसुवामा एम्बुलेन्स चालक र बिरामीबीच छेकाबार अनिवार्य

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नआउँदासम्मका लागि जिल्लामा एम्बुलेन्स चालकका लागि नयाँ व्यवस्था गरिएको छ। आइतबार बसेको जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिएमसी) रसुवाको पहिलो बैठकले जिल्लामा सञ्चालन हुने एम्बुलेन्समा चालक र बिरामीबीच छेकाबार अनिवार्य गरिने निर्णय गरेको छ।

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षात्मक सामग्री

कोभिड–१९ को जोखिम रोकथाम तथा नियन्त्रणका लागि पश्चिम नवलपरासीका एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई) उपलब्ध गराइएको छ।

बिरामीको नाम चोरी गरि एम्बुलेन्समा मान्छे ओसार्दै

बिरामीको नाम चोरी गरि एक एम्बुलेन्समा मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ। सुर्खेतमा रहेको नेपाल अर्वाेद्ध निवारण संस्थाको एम्बुलेन्सले सुर्खेतदेखि मुगुसम्म विरामीको नाममा खचाखच मान्छे राखेर ओसारपसार गर्ने गरेको हो। भे१च ७६ नम्बरको उक्त एम्बुलेन्सले दुई जना बिरामीको नाम चोरी गरेर मुगुका १२ जना मान्छे सुर्खेतबाट मुगु ल्याएको छ।

एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

विपी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका ७ माझीटारमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौबाट धनुषातर्फ गइरहेको ज १ च ७७७ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जु सिग्देलले जानकारी दिइन्।

एम्बुलेन्समा स्वास्थ्य जोखिम कम गर्न अस्थायी ‘ब्यारिअर’

सम्भावित कोरोना संक्रमणको सन्त्रासका कारण ताप्लेजुङका एम्बुलेन्सहरुमा चालक र बिरामी रहने ठाउँबीचको दुरीमा अस्थायी ‘ब्यारिअर’ निर्माण गरिने भएको छ।

पिपीइ ड्रेस लगाएका चालकसहित झापामा छ एम्बुलेन्स तयारी अवस्थामा

लकडाउनका बेला चौबीसै घण्टा सेवा पुर्‍याउन झापामा छ अत्याधुनिक सुविधासहित एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन्।

एम्बुलेन्स दुर्घटनाका अर्का घाइतेको पनि मृत्यु

उदयपुरमा एम्बुलेन्स ठक्करबाट घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ। शुक्रबार साँझ ६ बजे भएको दुर्घटनामा घाइते तीनमध्ये दुईको उपचारका क्रममा मृत्यु भएको हो। भने एक जनाको उपचाररत छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्