९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

रसुवामा एम्बुलेन्समा छेकाबार लगाउन सुरु

रसुवा- विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नआउँदासम्मका लागि जिल्लामा एम्बुलेन्समा छेकाबार लगाउने काम सुरु भएको छ। जिल्लाको कालिका गाउँपालिकाले गाउँपालिकाको दुवै एम्बुलेन्समा चालक र बिरामीबीच छेकाबार निर्माण गरेको हो।

एम्बुलेन्सहरूमा कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि एम्बुलेन्स चालक कक्ष र बिरामी कक्षबीच छेकाबारको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए। एउटा एम्बुलेन्समा छेकाबार लगाउन ४४ हजार लागेको छ। एउटा एम्बुलेन्समा छेकाबार लगाएर सञ्चालनमा ल्याइएको र अर्काेमा छेकाबार लगाउने काम सुरु भएको उनको भनाइ छ। ‘एउटा एम्बुलेन्समा छेकाबार लगाएर सञ्चालनमा ल्याइएको छ’, उनले भने, ‘अर्को बुधबार साँझसम्ममा आइपुग्छ।’

आइतबार बसेको जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिएमसी) रसुवाको पहिलो बैठकले जिल्लामा सञ्चालन हुने एम्बुलेन्समा चालक र बिरामीबीच छेकाबार अनिवार्य गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार एम्बुलेन्स चालकको सुरक्षाको लागि सबै सञ्चालकहरूले न्यूनतम व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्नुपर्ने छ।

एम्बुलेन्स चालकलाई सार्वजनिक÷समूह सम्पर्क नहुने गरी छुट्टै व्यवस्था गर्नुपर्ने छ। स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले जिल्लाभित्र रहेका सरकारी, सामुदायिक र निजी एम्बुलेन्सहरूको विवरण अद्यावधिक गरेका छन्।

प्रकाशित: २५ चैत्र २०७६ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App