६ आश्विन २०८१ आइतबार
image/svg+xml

शेयर बजारमा सामान्य गिरावट

शेयर बजारमा अार्इतवार सामान्य गिरावट भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार अार्इतवार शेयर बजार १ दशमलव ४३ विन्दुले घटेर एक हजार १८९ दशमलव ८८ विन्दुमा पुगेको छ।

पञ्चकन्या माई हाइड्रो पावरको शेयर निष्काशन

सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडकोे प्रति शेयर एक सय अङ्कित दरको ११ हजार कित्ता (४४,००० कित्ता कर्मचारीहरुको र ५५,००० कित्ता सामूहिक लगानी कोषको समेत) शेयरहरु निष्काशन गरेको छ।

शेयर बजारमा एक अर्ब बढीको कारोबार

धितोपत्र बजारमा यस साता रु १ अर्ब ६२ करोड ९१ हजार बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल १ सय ७९ कम्पनीको ३९ लाख ४५ हजार सात सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन्।

दोहोरो अंकले बढ्यो शेयर बजार

लगातार ओरालो लाग्दै आएको शेयर बजार साेमबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ।

शेयर कारोवारमा अनलाइन प्रणाली

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज मंगलवारदेखि शेयरको अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको छ। यो प्रणाली पूर्णरुपमा सञ्चालनमा आएमा शेयर खरिद बिक्री घरबाटै गर्न संभव हुनेछ।

साउन १ गतेदेखि शेयर कारोबार अनलाइनमार्फत हुने

तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ।

मौद्रिक नीति अाएकै भाेलिपल्ट दोहोरो अंकले घट्यो शेयर बजार

मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

रसुवाबासीको शेयर वितरण प्रक्रिया स्थगन

निर्माणाधीन साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट रसुवावासीले पाउने १० प्रतिशत शेयर वितरणको प्रक्रिया स्थगन भएको छ।

करिब १० अंकले घट्यो शेयर बजार

शेयर बजार करिब १० अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९.७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ।

एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

विभिन्न ११ कम्पनीको रु सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्