६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पञ्चकन्या माई हाइड्रो पावरको शेयर निष्काशन

काठमाडौं – सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडकोे प्रति शेयर एक सय अङ्कित दरको ११ हजार कित्ता (४४,००० कित्ता कर्मचारीहरुको र ५५,००० कित्ता सामूहिक लगानी कोषको समेत) शेयरहरु निष्काशन गरेको छ।

सनराइजले  साउन १ देखि ४ गते सम्म सर्वसाधारणहरुको लािग निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा कर्मचारीहरु तथा सामूहिक लगानी कोषबाट सम्पूर्ण कित्ता शेयरको लागि आवेदन प्राप्त भएको थियो।  

रितपूर्वक आवेदन दिने एक लाख ४६ हजार ३८९ जना आवेदकहरुबाट एक करोड ८४ हजार ७३० कित्ता शेयरको लागि आवेदन प्राप्त भएको छ। यसमा दिन रितपूर्वक आवेदन दिने आवेदकहरुलाई न्युनतम १० कित्ता शेयर बाँडफाँंट हुने गरी कुल एक लाख एक सय सफल आवेदकहरु छनौट गर्ने गरी एक लाख एक हजार शुक्रबारदेखि सन्राइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाण्डौमा निष्काशन कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र नियमन निकायहरुको प्रतिनिधिको उपस्थितिमा शेयर बाँडफाँड कार्य गरिएको जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: १३ श्रावण २०७५ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App