६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

वनमा थापेको करेन्टकाे पासोमा परेर जङ्गली हात्तीको मृत्यु

बारामा सामुदायिक वनमा थापेको करेन्टकाे पासाेमा परेर  जङ्गली हात्तीको मृत्यु भएको छ।

सामुदायिक वनमा थापेको करेन्टकाे पासाेमा परेर जङ्गली हात्तीको मृत्यु भएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खडकाले जानकारी दिए।

बाराको कोल्भी नगरपालिका वडा नम्बर २ स्थित भलुवाही गाउँ नजिक रहेको तामागढी सामुदायिक वन क्षेत्रमा थापेको करेन्टमा हात्ती परेको थियो।

सामुदायिक वन क्षेत्रमा करेन्ट कसले थपेको पत्ता नलागेको खडकाले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: ६ आश्विन २०८१ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App