९ मंसिर २०८१ आइतबार
image/svg+xml

गैरआवासीय नेपालीका सन्तानलाई चार वर्षे राहदानी दिने निर्णय

सरकारले विदेशी भूमिमा जन्मेका गैरआवासीय नेपाली नागरिकका सन्तानलाई ४ वर्षे अवधिको राहदानी दिने निर्णय गरेको छ। मन्त्रीहरुको संख्या ५४ पुगेपछि सोमबार मन्त्रिपरिषद बैठक बसेको थियो। सो बैठकले बढीमा चार वर्षका लागि यस्तो राहदानी जारी गर्ने निर्णय गरेको हो।

अनुमतिबिना सगरमाथा चढ्न खोज्ने दक्षिण अफ्रिकी पक्राउ, राहदानी जफत

अनुमतीबिना सगरमाथा आरोहरण गर्न खोज्ने एक अफ्रिकी नागरिकलाई प्रहरीले पक्राउ गरी राहदानी जफत गरेको छ। दक्षिण अफ्रिकाका ४३ वर्षिया रयान सन् डेभी कानुनी प्रक्रिया पूरा नगरी सगरमाथा आरोहणको प्रयास गरेका थिए।सरकारलाई बुझाउनु पर्ने दस्तुर ११ हजार अमेरिकी डलरसमेत नतिरी उनी सगरमाथा चढ्ने प्रयासमा थिए।

कहाँ छन् राहदानी लिएका ५ लाख महिला ?

आर्थिक वर्ष २०६३/०६४ देखि गत फागुनसम्म सात लाख ६९ हजार पाँच सय ४२ महिलाले राहदानी लिएकामा एक लाख ६९ हजार आठ सय ५९ मात्र वैधानिक तरिकाले वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांक छ।

एक सय ८० राहदानी संकलन गर्ने ठगविरुद्ध ८७ को उजुरी

वैदेशिक रोजगारका नाममा भै रहेको लुटपाटको एउटा नमुना प्रहरीले सार्वजनिक गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले एकै एजेन्टका साथबाट तीन भारतीय सहित एक सय ८० थान राहदानी बरामद गरेपछि वैदेशिक रोजगारीका नाममा भै रहेको कालो धन्दा बाहिर आएको हो।

मोबाइल एप्सबाटै राहदानी फाराम भर्न सकिने

नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । फोरजी सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ ।

अमेरिकामा मोबाइल एप्सबाटै नेपाली राहदानी बनाउन सकिने

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले अमेरिकामा रहेका नेपालीहरुले मोबाइल एप्सका आधारमा अमेरिकामा रहेका नेपालीहरुले नेपाली राहदानी वनाउन सकिने व्यवस्था गरिएको बताएका छन्।

द्रूतगतिबाट राहदानी वितरण सुरु

रकारले द्रूतगतिबाट राहदानी वितरण सुरु गरेको छ। आइतबार उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले द्रूतगतिबाट राहदानी वितरणको सुरुवात गरेका हुन्। राहदानी विभाग नाराहणहिटीमा उपप्रधानमन्त्री थापाले दाङकी चन्द्रकली बुढाथोकीलाई राहदानी वितरण गर्दै द्रूतगतिबाट राहदानी वितरण सुरु गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्