१५ मंसिर २०८१ शनिबार
image/svg+xml

माइक्रोबस दुर्घटनामा एकको मृत्यु, १५ घाइते

काठमाडौंबाट उदयपुर जाँदै गरेको बा ३ ख ८४६७ नं को माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–११ बुका दोभानमा आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कार दुर्घटनामा चालकको मृत्यु

आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो।

अपडेट : चुम्लिङटार बस दुर्घटनामा घाइतेकाे संख्या २१ पुग्याे

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिक चुम्लिङटारमा यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ  भने घाइते हुनेकाे संख्या २१ पुगेकाे छ ।

कालीकोटमा जिप दुर्घटना, तीनको मृत्यु, छ घाइते

जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।  मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालीकोटको जिल्ला अस्पताल मोडमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो ।

हुम्लामा तारा एयरको जहाज दुर्घटना, पाइलटसहित चार घाइते

तारा एयरको एउटा ट्विन अटर जहाज हुम्लाको सिमिकोट विमानस्थलबाट उड्न लाग्दा दुर्घटनामा परेको छ। दुर्घटनामा परी दुई प्रहरी र चालक दलका दुई जना घाइते भएका छन्। घाइते प्रहरीको टाउकोमा चोट लागेको छ।

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार दाउन्नेमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । सल्यानटारबाट आरुघाट जाँदै गरेको बा ७९ प ७२७२ नम्बरको मोटरसाइकल दुर्घटना भई सडकबाट १० मिटर तल खसेको हो ।

रुकुम जीप दुर्घटना: स्तव्ध बनाउँदै अस्ताए नवदम्पती

सिस्ने गाउँपालिका वडा नं. ६ रुकुमकोटका नबीन श्रेष्ठ र इटहरी उपमहानगरपालिका १७ की अनिता प्रधानको जीवनको खुशी धेरै दिन टिक्न पाएन। मंसीर ६ गते बिबाह गरेका उनीहरुको शनिबार रुकुममा भएको जीप दुर्घटनामा निधन भएको छ। खबर सुन्नेहरुलाई पनि स्तब्ध बनाउँदै यो जोडी सदाको लागि विदा भएको छ।

बस दुर्घटनामा एकको मृत्यु, चार जना गम्भीर घाइते

शुक्रबार राति तनहुँको म्याग्दे ६ अकलामा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ४ जना यात्रु गम्भीर घाइते भएका छन् ।

जीप दुर्घटनामा नवदम्पती प्रहरी निरीक्षकसहित सातको मृत्यु

पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुम सदरमुकाम मुसीकोट खलंगा आउँदै गरेको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । ग१ज ४२६० नं. को जीप मुसीकोट नगरपालिका वडा नं. ६ कालिमाटिमा दुर्घटना भएको हो ।

म्यादी प्रहरी चढेको ट्याक्टर दुर्घटना

बुढीनन्दा नगरपालिका–५ दानसाँघुमा म्यादी चढेको से १ त ४४६६ नम्बरको ट्याक्टर दुर्घटना भएको छ। मार्तडीबाट कोल्टी जादै गरेको ट्याक्टर दिउँसो साढे ५ बजेतिर दुर्घटनामा परेको हो।

पर्वतको पञ्चासेमा बस दुर्घटनामा, एक यात्रुको मृत्यु, ३० बढी घाईते (अपडेट)

सतबिज छरेर फर्किंदै गरेका यात्रु चढेको बस दुर्घटनामा परेको छ। पञ्चासेमा आज सतबिज छरेर फर्केका यात्रु बोकेको ध१ख ८७ नम्बरको बस दुर्घटनामा परेको जनाएको छ।

मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु

बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज बिहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ डबलीका गाडी धनी तथा चालक मंगलदास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

जीप दुर्घटनामा एकको मृत्यु, छ जना गम्भीर घाइते

बुधबार राति रेसुङ्गा नगपालिका ४ अर्खलेमा भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । मलामी वोकर फर्कदै गरेको लु १ ज १५२१ नम्बरको जिप दुर्घटना हुदाँ कपिलवस्तु वाणगगाँ ८ का ५५ वर्षीय रुद्र बहादुर ढेगाको मृत्यु भएको हो ।

ट्रक दुर्घटनामा एकको मृत्यु

जिल्लाको रोङ गाउँपालिका–४, कोल्बुङस्थित मेची राजमार्गमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । झापाको बिर्तामोडबाट रोलर बोकेर इलाम आउँदै गरेको ना.४ ख ३६९ नम्बरको ट्रक राजमार्गबाट करिब अढाई सय मिटर खस्दा रोलरका चालक पाँचथरको लुङरुपा घर भएका भीम नेम्बाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कंगोमा रेल दुर्घटनामा ३४ जनाको मृत्यु

दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको ज्यान गएको समाचार छ। गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी अरु कम्तीमा पनि २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्