९ आश्विन २०८१ बुधबार
image/svg+xml

दुई महिनामा चार गैंडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन्। भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन। निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो पटक कात्तिक ९ गते भरतपुर महानगरपालिका वडा नम्वर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैंडा मरेको हो। बुढो भएर हिडडुल गर्न र चर्न नसके पछि निगरानीमा राखिएको गैंडा मरेको उनले जानकारी दिए।

मोतिहारी–चितवन एलपिजी ग्यास पाइपलाइन सर्वेको उद्घाटन

अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन र  भारतको मोतिहारीदेखि  चितवनसम्म खाना पकाउने एलपिजी ग्यास ल्याउन पाइलाइनको सर्वे कार्यको शनिबार एक कार्यक्रम गरि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले अमलेखगन्जमा उद्घाटन गरेका छन्।

चितवन वुमन्स लिग च्याम्पियन

सुमन खतिवडाको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले अपराजित रहँदै पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) क्रिकेटको उपाधि जित्न सफल भएको छ।

गिद्धलाई प्राकृतिक बासस्थानमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा जन्मिएका तथा हुर्काइएका १३ डङ्गर प्रजातिको गिद्ध शनिबार कावासोतीको पिठौलीस्थित जटायु रेष्टुरेण्टमा छाडिएको हो।

चितवन राइनोज प्ले अफमा

अपराजित यात्रालाई निरन्तरता दिएको चितवन राइनोज राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) को प्ले अफमा प्रवेश गरेको छ।

उपनिर्वाचनका लागि चितवनबाट काङ्ग्रेसद्वारा उम्मेदवार छनोट

नेपाली काङ्ग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको हो।

विद्यार्थी आन्दोलन अब दसैंपछि

चितवन मेडिकल कलेजले आन्दोलनरत विद्यार्थीसँग गरेको सहमतिअनुरूप काम नगरेको भन्दै विद्यार्थीले आन्दोलन जारी राखेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेभन्दा बढी शुल्क सो कलेजले लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन्।

'चितवन र तनहुँ घटना लोकतन्त्रकै उपहास'

फरक विचार राख्मेमाथि आक्रमण भएको भन्दै साझा पार्टी निकट युवा संगठनले विरोध जनाएको छ। साझा युवा संगठनका महासचिव सरोज गौतमले एक विज्ञप्त निकाल्दै लोकतान्त्रिक व्यवस्थामा आम नागरिकले स्वतन्त्रतापूर्वक आफ्ना अभिव्यक्ति एवम् विचार राख्न पाउँने स्वतन्त्रता भएको बताए।

चितवन मेडिकल कलेज, कानुन मिचेर गरेको दादागिरीमा कलेज पछि हटेको भन्दै विद्यार्थी खुशी

चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्यापनमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेभन्दा बढी लिएको शुल्क फिर्ता गर्न सहमत भएपछि आन्दोलनरत विद्यार्थीले कलेजमा लगाएको ताला आईतबार खोलेका छन् । प्रहरी, कलेज प्रशासन, अभिभावक र विद्यार्थीको रोहवरमा पठनपाठन सञ्चालन हुने कैलाशनगरमा रहेको बेसिक साईन्सको भवनमा लगाईएको तालाबन्दी खोलिएको हो । सोमबारबाट कलेजमा नियमित पठनपाठन सुरु हुने भएको छ ।

भेट्रान कप फुटबल सुरु

प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता शनिबारबाट यहाँ सुरु भएको छ। चितवन भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा शनिबार चारवटा प्रतिस्पर्धा भएका छन्।

निकुञ्जमा खुसी थप्दै अर्ना

चितवन राष्ट्रिय निकुञ्जमा अहिले अर्नाका बच्चाको संख्या चार पुगेको छ। पछिल्लो पटक भदौ पहिलो साता अर्नाले बच्चा जन्माएसँगै निकुञ्जमा ३ पाडा र १ पाडी भएका छन्। गत वर्ष भदौमा तीन अर्ना जन्मिएका थिए। निकुन्जमा रहेका वयष्क अर्नामा दुई भाले र सात पोथी रहेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले जानकारी दिए।

विद्यार्थीबाट लिएको बढी पैसा फिर्ता गर्न सहमत

विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज सहमत भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा शनिबार जिल्ला प्रशासन कार्यालयमा कलेजका विद्यार्थी, अभिभावक, फ्याकल्टी र व्यवस्थापन पक्षबीच भएको छलफलमा यस्तो सहमति भएको हो।

चितवन मेडिकल कलेजमा बढी शुल्क लिएको भए फिर्ता देऊ: त्रिवि

त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए फिर्ता गर्न अनुरोध गरेको छ।

१६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प

सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्