१० आश्विन २०८१ बिहीबार
image/svg+xml

मध्यवर्तीको सामुदायिक विकासलाई १४ करोड

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सामुदायिक विकासका लागि चालू आर्थिक वर्षमा १४ करोड नौ लाख बजेट निकासा भएको छ ।गत आवमा सङ्कलित राजश्वमध्येको झण्डै आधा रकम सामुदायिक विकासमा विनियोजन भएको हो ।

झ्यालको ग्रील झिकेर सहकारीमा चोरी

खैरहनी नगरपालिका वडा नम्बर १० को शान्ति बजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थामा चोरी भएको छ।

चितवन प्रशासनको कडा आदेश, पाँच जना भन्दाबढी एकै ठाउँमा जम्मा हुन नपाइने

जिल्ला प्रशासन कार्यालय चितवनले आज सोमबारदेखि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेकाे छ। जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्दै सुरक्षा निकायले यस्ताे निर्णय गरेकाे हाे।

अर्ना र बाह्रसिङ्गेको ठाउँ विस्तार गरी सङ्ख्या थपिने

चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो।

प्रहरी र रवि समर्थकबीच झडप, असइसहित सात प्रहरी घाइते

जिल्ला प्रहरी कार्यालय चितवन अगाडी प्रर्दशन गरिरहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ।

नौ गोही मरे

गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन्। सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नौ वटा गोही तिहारी जालमा परेर मरेका थिए भने जालमा परेका १२ वटा गोहीलाई उद्धार गरिएको थियो। सात वटा राप्तीमा र दुई वटा नारायणी नदीमा जालमा परेर मरेका हुन। जसमध्ये एउटा ठूलो हो भने अन्य साना हुन। अघिल्लो आर्थिक वर्षमा तिहारी जालमा परेर एउटा मात्र भाले गोही मरेको थियो।

निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक संख्या वृद्धि भएको छ। यो आर्थिक वर्षमा एक लाख ८५ हजार ६ सय ४४ जनाले निकुञ्ज भ्रमण गरेका छन्।

चितवनबाट दुई सय २० केजी गाँजा बरामद

प्रहरीले दुई सय २० केजी गाँजा बरामद गरेको छ। विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले गए राति ३ बजे पूर्वी चितवनको राप्ती नगरपलिका–४ स्थित भवानीपुरमा ना४ख २२९५ नंको टिपरमा लोड भएको अवस्थामा चालकसहित दुई सय २० केजी गाँजा बरामद गरेको छ।

चितवन निकुञ्जभित्र असार २१ बाट जीप नचल्ने

पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जीप वर्षात् सुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जले जनाएकाे छ ।

अत्याधिक गर्मी बढेपछि चितवन र हेटौंडाका विद्यालय बन्द

अत्याधिक गर्मी बढेसँगै भरतपुर महानगरपालिका क्षेत्रभित्र रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। महानगरपालिकाभित्रका विद्यालय असार २ गतेदेखि तीन दिनका लागि बन्द गरिएको हो।

‘चितवन निकुञ्जभित्र सडक नबनाउनु’

सर्वोच्च अदालतले दुर्लभ वन्यजन्तु पाइने एसियाकै दोस्रो ठूलो चितवन राष्ट्रिय निकुञ्जभित्र पर्नेगरी कुनै पनि सडक निर्माणको काम नगर्न, नगराउन परमादेश जारी गरेको छ।

रंगशालामा डोजर लगाउने नेकपाका नेता निलम्वित

भरतपुर १५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने आफ्ना कार्यकर्तालाई नेपाल कम्युनिस्ट पार्टीले कारबाही गरेको छ। नेकपाका चितवन अध्यक्ष यमबहादुर परियारले विज्ञप्ति प्रकाशित गर्दै रंगशालामा डोजर लगाउन नेतृत्व गर्ने प्रकाश कँडेललाई कारबाही गरेको जनाएका छन्।

सुतेकै स्थानमा रहस्यमय मृत्यु,अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालित

चितवनमा एक जनाकाे सुतेकै स्थानमा रहस्यमय मृत्यु भएकाे छ। कालिका नगरपालिका १ डडुवाका ४८वर्षीय कुमार श्रेष्ठको आफ्नै घरमा सुतेकै स्थानमा मृत्यु भएको हाे। विहान छ बजेसम्म नउठेपछि बोलाउन जाँदा उनी मृत गरिएको अवस्थामा फेला परेका हुन्।

महोत्सवबाट एक करोड ३९ लाख फाइदा

रंगशाला निर्माणमा दिइएको सहयोगलाई वृद्धि गरेर एक करोड रुपैयाँ पु-याइने संयोजक प्रधानले बताए। आर्थिक सहयोगसहित महोत्सव सञ्चालनमा दुई करोड ७६ लाख ५४ हजार तीन सय २५ रुपैयाँ खर्च भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्