२ पुस २०८१ मंगलबार
image/svg+xml

काठमाडौँमा थप दुई जनामा हैजा संक्रमण

काठमाडौँमा उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए।

खानेपानी शुद्धीकरण सचेतना गोष्ठी

काठमाडौंमा हैजाको प्रकोप बढेसँगै काठमाडौं महानगरपालिका–१५, डल्लुस्थित जगतसुन्दर ब्वनेकुथि स्कुलमा खानेपानी शुद्धीकरणसम्बन्धी चार दिने सचेतना कार्यक्रम सुरु भएको छ।

काठमाडौंमा हैजा फैलने सम्भावना कति? के भन्छन् स्वास्थ्य विशेषज्ञ?

उपत्यकामा हैजा संक्रमण देखिएसँगै हैजाको महामारी नै फैलने संभावना बढेको छ। बिगतका घटनाहरुलाई नै हामीले नियाल्ने हो भने हैजाले महामारीकै रुप लिएको अवस्था छ। गत वर्ष कपिलवस्तुमा हैजाले महामारीकै रुप लिएपछि सरकारले हैजाविरुद्वको खोप अभियान नै सञ्चालन गरेको थियो। विभिन्न प्रयासबाट पनि महामारी नियन्त्रणमा नआउँदा सरकारले अमेरिकाबाट हैजाविरुद्वको ओरल करेला भ्याक्सिन नै ल्याउनु परेको थियो। यसले गर्दा उपत्यकामा पनि हैजाको महामारी नफैलेला भन्न सकिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्