१२ असार २०८१ बुधबार
image/svg+xml

जसपाका चार मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन छोडेर गएका जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीहरुलाई बर्खास्त गर्ने भएका छन्।

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गरेका छन्।

काँग्रेस पदाधिकारी बैठकमा समानुपातिकको नाममाथि छलफल गरिँदै

यसअघि समानुपातिक तर्फको सूचीमा पार्टीको संस्थापनइतरले विरोध जनाएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाइएको थियाे।

दसैं बजार अनुगमन बढाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसहित चार मन्त्री र सचिवहरूलाई निर्देशन दिएका हुन्।

दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापन गर्न समिति

समितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक वसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वार सदस्य रहेको समिति बनाएको गृहमन्त्रालयले जनाएको छ।

सरकारको अबको गन्तव्य मुलुकको द्रुत आर्थिक रुपान्तरण: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रुपान्तरण रहेको बताएका छन्।

संविधानले नेपाली समाजको सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन्।

जितियाले सामाजिक एकता र सद्भावलाई जोगाएको छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै जितियाले सामाजिक एकता र सद्भावलाई जोगाएको बताएका छन्।

देउवाले ओलीतर्फ इंकित गर्दै भनेः संसद पनि परमादेशबाट आएकाले सँगै बसेर काम गर्ने मौका दियो

‘हुनत हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ जहिल्यै मलाई थाहा छ। यो संसद नै परमादेशबाट आएको हो। त्यसकारण उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौँ। परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर्न पाउँदैनथ्यौ। धेरै ठूला ठूला विधेयकहरु पास गर्न सकिदैनथ्यो। परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ। यसको लागि न्यायालयले पनि न्याय गरेको मैले महशुस गरेको छु।’

परम्परागत ज्ञान,सीपलाई समयानुकुल परिमार्जन गर्न आवश्यकः प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले सरकार विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि प्रयत्नरत रहेको बताए। उनले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि लगानी वृद्धि गरी प्राज्ञ, वैज्ञानिक विद्यार्थी र अनुसन्धानकर्तालाई राष्ट्रको समग्र विकासमा लागिपर्ने व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको बताए।

जबरामाथिको महाअभियोग प्रस्तावको प्रतिवेदन संसद सचिवालयमा पेश गर्न नसकिने एमालेको अडान

‘हामीले हिजो मात्रै केही कागजातहरु प्रमाणका लागि मगाएका छौं। अब ती तथ्यहरु आउनु पर्‍यो नि। सम्पत्ति शुद्धिकरणमा उहाँको सम्पत्ति छानविन हुँदैछ। कति सम्पत्ति रहेछ? प्रधानन्यायाधीश भएपछि अकूत सम्पत्ति कमाएको कुराहरु आएका छन्। त्यसको पनि अध्ययन गर्नु पर्‍यो। त्यसैगरी केही फैसलाका विवादहरु आएका छन्। सर्वोच्च अदालतको भवन निर्माणको ५ अर्ब भन्दा बढीको ठेक्का फाइल पनि मगाइएको छौं। ती अध्ययन गरेर मात्रै अघि बढ्न सकिन्छ।’

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने सोचाइ छ तर आर्थिक अवस्था राम्रो छैनः प्रधानमन्त्री

'हामी छिटै नै खेलकुद विश्वविद्यालयतिर खोल्न लाग्नेछौँ। तर अहिले कोभिड लगायतका धेरै कारणले गर्दा राष्ट्रिय आर्थिक अवस्था राम्रो छैन। तरपनि सुरुवात गर्ने हाम्रो सोचाइ छ। सुरुवात गर्नेर्छाैं। त्यसले पनि भोलि हाम्रो देशमा युवाहरुको आकर्षण बढ्नेछ भन्ने विश्वास लिएको छु।’

नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने योजना छः प्रधानमन्त्री

‘सरकारले १५ औं पञ्चवर्षीय योजनालाई प्राथमिकता दिएर पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। सरकारले राष्ट्रिय नीति बनाएर २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने योजना बनाएको छ। कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक रहेको छ। नेपाललाई २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गरी आर्थिक विकासमा सुधार गर्ने योजना रहेको छ।'

प्रधानमन्त्री देउवासँग अध्यक्ष ली को शिष्टाचार भेटवार्ता सिंहदरबारमा सुरु

अध्यक्ष ली ले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए। परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि आजै अध्यक्ष ली ले शिष्टाचार भेटवार्ता गरेका थिए।

प्रधानमन्त्रीले कर्मचारीलाई सोधेः अहिलेसम्म देश किन विकास हुन सकेन?

'हामी त ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो। तपाईहरु त पेन्सनसम्म हुनुहुन्छ नि। काम नै भएको छैन, दुर्गति छ, देशको। यसको व्यापक छलफल हुन जरुरी छ। बाटो बन्दै, कर्मचारी जाँदैनन्, साइन गर्छ फर्किहाल्छ। बस्दै बस्दैनन्। त्यसकारण यसको व्यापक छलफल हुनुपर्छ। देशको दुर्गति भइरहेको छ, केही काम भएको छैन। एउटा बाटा बनाउनु छ, २५ वर्षसम्म पुगेकै छैन। बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन तयार नै छ सरकार। देशभरको अवस्था त्यस्तै छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्