२० कार्तिक २०८१ मंगलबार
image/svg+xml

राष्ट्रपति पुटिनले तेल, ग्यास क्षेत्रको अवस्थाबारे बैठक गर्ने

बैठकको मुख्य प्रतिवेदन उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले तयार पार्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्।

पुटिन तानाशाही भएकाे बाइडेनकाे आरोप

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाई सत्य भएको बताएका छन्। ‘सत्य नेताको सत्य शब्द’, बाइडेनको भनाइप्रति इंगित गर्दै जेलेन्कीले टिप्पणी गरेका छन्।

युक्रेन घटनामा संलग्नलाई कारबाही हुनुपर्छ: युरोपेली आयोगका अध्यक्ष

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छिन्।

युक्रेनमा सम्भावित नरसंहारको सङ्केत, अन्तर्राष्ट्रिय छानबिन गर्न आग्रह

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित 'नरसंहार' को सङ्केत देखिएको बताएका छन्।

पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भयोः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन्।

पूर्वी युक्रेनमा रुसी आक्रमणमा परी पाँच जनाको मृत्यु

डोनेट्स्क क्षेत्रस्तित अवडिभकालाई तोपखाना र विमानबाट गोली हानी ध्वस्त पारिएको थियो। घटनामा पाँच नागरिकको मृत्यु भएको थियो भने १९ जना घाइते भएको युक्रेनका लोकपाल लुडमिला डेनिसोभाले एक विज्ञप्तिमार्फत जनाएका छन्।

युक्रेनमा सैन्य आक्रमण रुसी आकलनभन्दा बाहिर

प्राध्यापक वेस्ट्याड विश्व संकटका बेला चीनको प्रभाव पहिलोपटक अमेरिकाको भन्दा पनि बढी हुनसक्ने बताउँछन्। उनी रुस धेरै छिटो चीनमाथि निर्भर बनेको बताउँछन्। यसको नतिजा रुस अझै बढी चीनको प्रभुत्वमा पर्ने र चीन रुसका प्राकृतिक स्रोतहरू ऊर्जा, तेल र ग्यासको थप दोहन गर्न सफल हुने उनको तर्क छ।

बाइडेनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि मस्को क्रुद्ध

युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध भएको हो। बाइडेनको सो टिप्पणी अक्षम्य र अस्वीकार्य बयानबाजी भएको रुसी समाचार संस्था तासले जनाएको छ।

रुसी यानबाट फर्कंदै अमेरिकी अन्तरिक्षयात्री

झण्डै एक वर्ष अन्तरिक्षमा रहेका अमेरिकी अन्तरिक्षयात्री मार्क भान्डे हेई रुसी यानबाट पृथ्वीमा फर्कने तयारीमा छन्। रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकासँगको सम्बन्धमा तनाव आए पनि यो महिनाको अन्त्यमा अमेरिकी अन्तरिक्षयात्री हेई रुसी यानबाट फर्कने योजनामा कुनै परिवर्तन नभएको नासाले जनाएको छ।

रुसी हमलामा ८५ बालबालिकाको मृत्यु, दर्जनौं घाइते

पछिल्लो घटनामा युद्धग्रस्त क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फ जाने क्रममा सर्वसाधारण सवार एउटा कारमा ११ मार्चमा रुसी सेनाले गरेको गोलाबारीमा एक बालक मारिएका थिए।

शरणार्थी बने २५ लाख युक्रेनी

राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो गान्डीले रुसी आक्रमणबाट शरणार्थी बन्ने युक्रेनीको संख्या बढिरहेको बताएका छन्। उनले शरणार्थी बन्न बाध्य २५ लाखमध्ये एक लाख १६ हजार तेस्रो मुलुकका नागरिक रहेको जानकारी दिएका छन्। उनका अनुसार थप २० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भएका छन्।

पुटिनको दिमागमा के छ?

राष्ट्रवादी उन्मादमा पनि आधारभूत नैतिकता गुमाउन नहुने सोल्जेनित्सिन ठान्थे। ऐतिहासिक रुसलाई पुनस्र्थापना गर्ने चाहना पूरा गर्ने क्रममा निर्दाेष युक्रेनी तथा रुसीको संहार कल्पनासमेत गर्न नसकिने विषय हो।

उद्धारमा पनि रुसी अवरोध

हमलाबाट घाइतेको उद्धारमा रुस बाधक बनेको युक्रेनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले बताएका छन्। उनले रुसी सेनाले दक्षिण–पूर्वीसहरहरू घाइते भएका नागरिकलाई सुरक्षित स्थानमा लैजान खोज्दा निरन्तर गोलाबारी गरेको आरोप लगाए। युक्रेनको दक्षिण–पूर्वी सहर मरिपोलमा मानवीय सहायता र उद्धारका लागि आठवटा लोरी र ३० वटा बस बाटोमा रहेको युक्रेनी अधिकारीले जनाएका छन्।

युक्रेनमाथिको हमला योजना अनुसार नै भएको हो: रुसी राष्ट्रपति

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताएका छन्।

जर्मनी र स्वीडेनपछि युरोपेली युनियनले पनि दियो युक्रेनलाई हतियार

‘हामीहरुले लडाकु जेटसमेत प्रदान गर्न लागिरहेका छौं। हामी केबल हतियारको मात्र कुरा गरिरहेका छैनौं। युक्रेनलाई युद्धमा जान आवश्यक अझै बढी महत्वपूर्ण हतियार प्रदान गरिरहेका छौ,’ पत्रकार सम्मेलनमा उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्