७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनमा सम्भावित नरसंहारको सङ्केत, अन्तर्राष्ट्रिय छानबिन गर्न आग्रह

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित 'नरसंहार' को सङ्केत देखिएको बताएका छन्।

रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ। 'हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नको लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं... मानवताविरुद्धको अपराधको विरुद्धमा प्रस्तुत हुने छौँ' उनले भने।

यस्तै पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले युक्रेनमा रुसी सेनाले गरेको आक्रमणलाई 'नरसंहार' को संज्ञा भन्दै त्यसबारे अन्तर्राष्ट्रिय छानबिनको माग गरेका छन्। 'हामी नरसंहारको यो अपराधको छानबिन गर्न अन्तर्राष्ट्रिय आयोगको प्रस्ताव गर्दैछौं,' उनले राजधानी कीभ नजिकैको बुचा लगायतका शहरहरूमा नागरिकहरूमाथि जारी हत्याको सन्दर्भमा उठाउँदै सो आग्रह गरेका हुन्।

प्रकाशित: २१ चैत्र २०७८ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App