२२ असार २०८१ शनिबार
image/svg+xml

रिलायन्स फाइनान्सको सभा

संस्थाको कुल चुक्ता पुँजीको१५.७९ प्रतिशतले हुन आउने रकम बराबरको लाभांशको प्रस्ताव समेत पारित भएको संस्थाले जनाएको छ।

एनएमबी बैंकको सभा

बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सम्पन्न सभाले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्तपुँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि पारित गरेको छ।

प्राइम बैंकको सभा

सभाले बैंक सञ्चालक समितिमा सर्वसाधारण समूहको सञ्चालक पदमा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। बिष्ट यसअघि पनि बैंकको सञ्चालक रहिसकेका छन्।

ग्लोबल आइएमई लघुवित्तको सभा

वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न सभाले आव २०७७/७८ को कुल मुनाफाबाट संस्थाले सेयरधनीलाई २८ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ।

मदिरा उत्पादक संघको सभा

नेपाल मदिरा उत्पादक संघको नवौं साधारणसभा सम्पन्न भएको छ। सम्पन्न सभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्