१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई लघुवित्तको सभा

ग्लोबल आइएमई लघुवित्तको नवौं साधारणसभा सम्पन्न भएको छ। वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न सभाले आव २०७७/७८ को कुल मुनाफाबाट संस्थाले सेयरधनीलाई २८ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ।

संस्थाले आव २०७७/७८ मा सञ्चालन मुनाफा ३४ करोड ९४ लाख रूपैयाँ र करपछिको मुनाफा २१ करोड ८३ लाख आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरणपश्चात् वित्तीय संस्थाको चुक्तापुँजी ५५ करोड २५ लाख रूपैयाँ पुग्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७८ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App