सेनाको गाडीले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु
नेपाली सेनाको गाडीले ठक्कर दिँदा गोरखा नगरपालिका ५ पश्लाङका असिम खनखवासको मृत्यु भएको छ। सोमवार राती गोरखा नगरपालिका ६ जिविस चोकमा लु १ ग १३९ नम्बरको नेपाली सेनाको बोलेरो जिपले बा ७३ प ५९५८ नम्बरको मोटरसाईकलमा सवार खनखवासलाई ठक्कर दिएको थियो।