१९ आश्विन २०८१ शनिबार
image/svg+xml

ब्राजिलका राष्ट्रपतिद्वारा ब्राजिलको मुख्य अखबारको ग्राहक नबन्ने घोषणा

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गरेका छन्। राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना नीतिमाथि निरन्तर आलोचना गरेको भन्दै निरन्तर आक्रोश व्यक्त गरिरहेका छन्।

ब्राजिलियाली राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन आउने

ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएका छन्।

ब्राजिलमा विमान दुर्घटना, कम्तीमा तीनको मृत्यु

ब्राजिलको बेलो हरिजोन्ट सहरस्थित एक आवसीय क्षेत्रनजिकै एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ।

ब्राजिलमा विमान दुर्घटना, तीनको मृत्यु

ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ। सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ।

‘अमेजन क्षेत्रमा डढेलोको समस्या चर्चा गरिएजस्तो छैन’

ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोको समस्या अहिले ‘मानिसले चर्चा गरेजस्तो नरहेको’ बताएका छन्।

ब्राजिलसँग अर्जेन्टिना स्तब्ध

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले तत्काल अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने योजना नभएको बताएका छन्। अर्जेन्टिना मंगलबार सम्पन्न कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले निराश भएको थियो। यससँगै अर्जेन्टिनाको लामो समयदेखिको उपाधि खडेरीमा पूर्णविराम लगाउने मेसीको लक्ष्यले यस संस्करणमा पनि पूर्णता पाउन सकेन। ३२ वर्षे मेसीले सन् २०१६ मा को कोपा अमेरिका फाइनलमा चिलीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिट मार्ने घोषणा गरे पनि केही समयपछि नै संन्यास फिर्ताको घोषणा गरेका थिए।

ब्राजिल र अर्जेन्टिनाबीच सेमिफाइनल

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले कोपा अमेरिकाको सेमिफाइनलमा आयोजक ब्राजिलको सामना गर्दा दुवै टोली समान हैसियतमा मैदान उत्रने बताएका छन्।

भिएआरको निर्णयमा गुनासो छैन–टेटे

ब्राजिलका प्रशिक्षक टेटेले आफ्नो टोलीले दुई पटक अग्रता लिए पनि दुवै पटक भिएआरबाट मान्यता नपाएकोमा कुनेै गुनासो नभएको बताए।

महिला विश्वकप फुटबलमा ब्राजिललाई अस्ट्रेलियाले हरायो

फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अस्ट्रेलियाले ब्राजिललाई ३–२ ले पराजित गरेको छ।

ब्राजिलका पूर्व राष्ट्रपति टेमर भाग्न नपाउने गरी रिहा

भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त भएका छन्। टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा राखिएको थियो। तर पूर्व राष्ट्रपति टेमरलाई अन्यत्र भाग्न वा न्यायमा अबरोध गर्न नपाउने गरी छाडिएको छ।

उपभोक्ताविरोधी अमेरिका

किन अरू कुनै राज्यले गर्न नहुने काम अमेरिकाले गर्छ ? संसारका कुनै कुनामा कसैले गरिरहेको काम किन अमेरिका आफ्नो नियन्त्रणमा राख्न खोज्छ ? यो निकै चकित पार्ने विषय हो।

ब्राजिलका पूर्वराष्ट्रपति मिसेल पक्राउ

ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरलाई भ्रष्टाचारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। राजनीतिकर्मी र कर्मचारीतन्त्रका विचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो।

आगलागीमा परी ब्राजिलमा १० फुटबल खेलाडीको मृत्यु

ब्राजिलको लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ। क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

ब्राजिलमा बाँध भत्किँदा नौको मृत्यु, कम्तीमा तीन सय बेपत्ता

रियो दी जेनेरियो – ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेका एउटा फलाम खानीमा रहेको बाँध भत्किँदा नौ जनाको मृत्यु हुनुका साथै कम्तीमा तीन सय जना हराइरहकोे अधिकारीहरुले बताएका छन्। बाँधमा रहेको क्याफेटेरियामा खाजा खाइरहेका कामदारहरु बाँध भत्किएर आएको हिलोले बगाएर लगेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। हिलोले पुरिएर नौजनाको मृत्यु भएको पुष्टि अधिकारीहरुले गरेका छन्।

ब्राजिलले जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने

ब्राजिलको राष्ट्रपतिमा निर्वाचित बनेका जाइर बोल्सोनारोले आफ्नो देशको कृषि व्यवसाय क्षेत्रलाई प्रभावित पार्ने कुनै पनि जलवायु सम्झौतामा आफुले हस्ताक्षर नगर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्