१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्राजिलका पूर्वराष्ट्रपति मिसेल पक्राउ

ब्राजिलिया- ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरलाई भ्रष्टाचारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। राजनीतिकर्मी र कर्मचारीतन्त्रका विचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो। 

उनलाई साओ पाउलोस्थित आफ्नै निवासमा रहेकै बेला पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन्। त्यसपछि उनलाई संघीय प्रहरीले रियो दि जेनेरियो लगेको छ। 

पुर्वराष्ट्रपति टेमर सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बनेका थिए। पदमा बहाल रहेकै बेला उनलाई भ्रष्टाचारको अभियोग लागेपछि पदमुक्त भएका थिए। 

उनलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन्। उनले आफुमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन्। 

यस्तै अभियोगमा अन्य राजनीतिज्ञहरु पनि पक्राउ परेका छन्। यसरी पक्राउ पर्ने प्रमुख राजनीतिज्ञमा पुर्वराष्ट्रपति लइज इनाकिओ जुला डा सिल्भा र पुर्व खनिज तथा उर्जा मन्त्री मोरेइरा फ्रान्सोलाई पनि पक्राउ गरिएको छ। एएनआई

प्रकाशित: ८ चैत्र २०७५ १५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App