५ आश्विन २०८१ शनिबार
image/svg+xml

सिन्धुलीमा मतपेटिका बोकेको गाडीमा बम विस्फोट

हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा आज साँझ बम विस्फोट भएको छ।  आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम पड्काइएको हो।

सिन्धुलीगढीमा पृथ्वी हारेका भए....

नेपाललाई आश्रित राज्य वा ‘बफर स्टेट’ बनाएर राख्न अंग्रेजका लागि व्यावहारिक पनि थिएन । त्यसबेला कान्तिपुरमा जयप्रकाशलाई आश्रित बनाउँदा भादगाउँमा राजा रणजित मल्ल र पाटनमा राजा तेजनरसिंह मल्ललाई पनि बनाउनुपथ्र्यो । त्यति मात्र होइन, नेपालभरका ५२ भन्दा बढी राज्यमा आश्रित राजा राख्नुपथ्र्यो ।

सिन्धुलीगढीमा नेपाल अंग्रेज युद्धको सम्झना

राष्ट्रति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा झन्डोत्वलन गरेकी छिन्। अंग्रेज फौजलाई हराई वीरता कायम गरेको २ सय ५० बर्ष पुरा गरेको अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको विजय उत्सवमा सहभागी हुन सिन्धुलीगढी आएकी राष्ट्रति भण्डारीले झन्डोत्वलन सहित सिन्धुलीगढीको अवलोकन गरेकी हुन्।

सिन्धुली दुर्घटना : अधुरै रह्यो भूकम्प प्रतिरोधी घर बनाउने सपना

भूकम्पको दोस्रो किस्ता लिएर घर फर्कने क्रममा जीप दुर्घट्ना हुँदा सिन्धुली फिक्कल ४ खाङसाङका ४ जनाको मृत्यु भएको छ । खुर्कोटबाट खाङसाङतर्फ जादै गरेको बा७च ३६९५ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाँउपालिका ४ टर्किबेशीमा दुर्घट्ना हुँदा एउटै गाँउका चार जना भूकम्प पीडितको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ४ को मृत्यु , ७ घाइते

सिन्धुलीको फिक्कल गाउँपालिका–४ टर्कीबेसीको भित्रीसडकमा बोलेरोजिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्।

सिन्धुलीमा यस बर्ष १० प्रतिशत धान उत्पादन बढ्ने

गत बर्षको तुलनामा यस बर्ष सिन्धुलीमा १० प्रतिशत बढी धान उत्पादन हुने भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार धानको लागि सिन्धुलीमा उचित मौसम भएकाले विगतको बर्षको तुलनामा यस बर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ।

सिन्धुलीमा स्याललाई हानेको गोली मान्छेलाई लागेपछि...

गोलन्जोर गाउँपालिका–६ बाट प्रहरीले अवैध भरुवा बन्दुकसहित आज एक जनालाई पक्राउ गरेको छ। गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।

सिन्धुलीमा पहिरोले घर पुर्दा एकै परिवारको चारको मृत्यु

लगातारको वर्षाका कारण गएराती २ बजे पहिरो जाँदा कमलामाइ नगरपालिका ६ मा एकै परिवारको चार जनाको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघको जमिनमा टहरो बनाएर वस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिसस सिन्धुलीमा कांग्रेसलाई धोका, एमालेका बर्मा विजयी

जिल्ला समन्वय समिति सिन्धुलीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानल विजयी भएको छ। जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिमा नेकपा एमालेका शंकराज बर्मा निर्वाचित भएका छन्।

कपनबाट हराएको पल्सर बाइक सिन्धुलीमा फेला पर्‍यो

दुई वर्ष अगाडि काठमाडौंको कपनबाट हराएको मोटरसाइकल सिन्धुलीमा फेला परेको छ। विपि राजमार्गस्थित यहाँको कमलामाई नगरपालिका २ चियाबारी माथिको थाक्ले घुम्तीमा ट्राफिक प्रहरीको चेकजाँचका क्रममा मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।

सिन्धुलीमा महिन्द्राको नयाँ शोरुम

महिन्द्रा गाडीहरूको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि अन्गर्तको श्री कृष्ण डिष्ट्रिब्युटर्स्ले सिन्धुलीमा जेठ १५ गतेबाट महिन्द्रा शोरुम सञ्चालनमा ल्याएको छ ।

सिन्धुलीका दुर्इओटै नगरपालिकामा एमाले विजयी

सिन्धुलीको दुधौली नगरपालिकामा एमाले विजयी भएको छ । नेकपा एमालेका घनश्याम राउतले ८५९८ मत ल्याई विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसकी नेतृ गङगा दाहालले ८२२३ मत प्राप्त गरेकी थिइन्।

सिन्धुलीको कमलामाई नगरपालिकामा एमालेका खत्री बिजयी

सिन्धुलीको कमलामाई नगरपालिकामा नेकपा एमालेका खड्ग खत्री विजयी भएका छन्।

सिन्धुलीको गोलन्जोरमा काँग्रेस निर्वाचित

सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्