१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बेचबिखनको आरोपमा भारतीय नागरिक पक्राउ

भारतीय महिलालाई मोरङको विराटनगर ल्याएर बिक्रि गरेको आरोपमा भारत विहारका मोहम्मद रियाज पक्राउ परेका छन्।

चोरीको आरोपमा चार जना पक्राउ

गोरखा सदरमुकाम र आससापका क्षेत्रमा लगातार भइरहेको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

लागुऔषधसहित एक पक्राउ

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कबाट प्रहरीले दुई लाख मूल्य बराबरको प्रतिबन्धित लागुऔषध ट्रमासहित एकजनालाई पक्राउ गरेको छ।

चाँदीसहित भुटानी पक्राउ

नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको प्रहरी टोलीले ड्रुक एयरको उडानमार्फत भुटान जान लागेको अवस्थामा राहदानी नम्बर जी १२८९३२ बाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जेलाई सोमबार राति पक्राउ गरेको हो।

महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ

आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा कैलालीको मोहन्यालका एक वडाध्यक्ष पक्राउ परेका छन्।

‘मलाई नियोजित रूपमा फसाउन खोजियो’

ठगी आरोपमा पक्राउ परेका व्यवसायी तथा पूर्वअर्थ सहायकमन्त्री रूपज्योतिले आफूलाई सरकारकै केही व्यक्तिले नियोजित रूपमा फसाउन खोजेको दाबी गरेका छन्। बिहीबार सिंगापुरबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका उनले आफू निर्दोष रहेको जिकिर गरे।

लागुऔषधसहित तीन युवक पक्राउ

लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १८ वर्षीय मोहम्मद रियाजलाई पक्राउ गरेको हो।

सीमा रक्षाको माग गर्दै राजधानीमा राप्रपाको जुलुस प्रदर्शन, नेताहरु पक्राउ

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सीमा रक्षाको माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेको छ।

भारतविरुद्ध प्रदर्शन गर्ने विप्लवनिकट विद्यार्थी नेता पक्राउ

भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गरेको विरोधमा प्रर्दशनमा उत्रिएका नेत्र विक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी) मा आवद्ध दुई दर्जन बढि विद्यार्थी नेताहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य सहीत १६ जना पक्राउ

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाजुराको गौमुल गाउँपालिका–३ माझपालीबाट प्रहरीले एकै साथ १६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको बताएको छ।

अठार लाख रुपैयाँसहित तीन भारतीय पक्राउ

जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्