६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सीमा रक्षाको माग गर्दै राजधानीमा राप्रपाको जुलुस प्रदर्शन, नेताहरु पक्राउ

काठमाडौं– राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सीमा रक्षाको माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेको छ। 

भारतले नयाँ नक्सामा कालापानी र लिपुलेकलाई आफ्नो भनेर दाबी गरेपछि त्यसको विरोधमा राप्रपाको युवा संगठनले धुम्बाराहीबाट आइतबार साँझ नाराबाजी गर्दै जुलुस प्रदर्शन गरेको हो। जुलुसमाथि गैह्रीधारामा प्रशासनले हस्तक्षेप गरेको छ।

त्यसक्रममा युवा नेताहरु रमानन्द न्यौपाने, मणी सिंखडा, सन्तोषी शाही, शशी भण्डारी, निराजन बम, छत्र कठायत, उपेन्द्र पुरुष, राजन अधिकारी, प्रदिप खड्का, नरेश विक, मुकेश चनारा, चेतराज सिंह, राजेन्द्र विक, डिके बिष्ट, केशवराज मजगाई, देवराम भियार, निशान कार्कीसहित दुई दर्जन युवा पक्राउ परेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमालले जानकारी दिए।

‘भारतीय नक्सामा नेपाली भूभाग समावेश गरिएको विरोधमा निस्केको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक हस्तक्षेप दूर्भाग्यपूर्ण र निन्दनीय छ’, उनले भने, ‘पक्राउ परेकाहरुको अविलम्ब रिहाइ गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सरकारसंग माग गर्दछ।’ 

प्रकाशित: २४ कार्तिक २०७६ १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App