१२ मंसिर २०८१ बुधबार
image/svg+xml

इलाम पुगेर ओलीले भने: २ नम्बर प्रदेशको चुनावमा पनि देखाइदिन्छौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट विजयी स्थानीय तहका जनप्रतिनिधिलाई ‘दाग’ नलाग्नेगरी काम गरेर देखाउन आग्रह गरेका छन्। उनले राष्ट्रियता, असल आचरण, विचार र प्रस्ट कार्यनीतिका कारण एमाले स्थानीय तहमा देशकै पहिलो भएको भन्दै अबको निर्वाचनको परिणाम पनि जनप्रतिनिधिको काममै निर्भर हुने बताए।

इलाममा सर्पले डसेर शिक्षकको मृत्यु

जिल्लाको देउमाई नगरपालिका–४, क्याबुङका शिक्षक गंगा राईको सर्पको डसाइबाट मृत्यु भएको छ । खेतमा पानी लगाउनेक्रममा सर्पले डसेका स्थानीय लक्ष्मी आधारभूत विद्यालयका शिक्षक राईको उपचारक्रममा आइतबार बिहान साढे ५ बजे मृत्यु भएको हो ।

इलाम नगरपालिकाको मेयरमा भिड्दै पूर्व मेयर

आउँदो असार १४ मा हुने स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारबीचको भिडन्त निकै रोचक हुने देखिएको छ।

इलाममा काँग्रेसको उम्मेद्वार छनौट अन्तिममा

जेठ ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षको नाम छनौट अन्तिम चरणमा पुर्याएको छ । ३ दिनयता बसेको जिल्ला समिति बैठकले मुख्य पदका अधिकतर उम्मेदवारको नाम ‘करिब’ टुंगो लगाएको हो ।

इलाममा १० हजारले गरे स्वास्थ्य बीमा

इलाममा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बिमा गरेका छन् । गत असार १५ गतेबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ ।

नयाँ वर्षमा गन्तव्य इलाम

सुनसरीका गौरीशंकर यादव हरेक नयाँ वर्ष मनाउन प्रायः भेडेटार र हिले पुग्थे । तर, पोहोरदेखि उनी यो सिजनमा इलामतिर लोभिएका रहेछन् । नयाँवर्ष मनाउन बिहीबार परिवारसहित आइपुगेका गौरी ‘इलामे चिसो’को चर्चा सुनेर गर्मी महिनामा यहाँ आउन थालेका हुन् ।

चुनावी गतिविधिलाई तीव्रता दिँदै इलामका राजनीतिक दल

स्थानीय तहको निर्वाचन आउन करिब ३९ दिन मात्र बाँकी छँदा जिल्लामा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् ।

इलामका डेढ दर्जन हाट बन्द

बढ्दो सहरीकरण र बजार विस्तारसँगै इलामका साबिकका गाविसमा पुस्तौँदेखि तिथि र बारका आधारमा लाग्दै आएका डेढ दर्जन हाट बन्द भएका छन् । यहाँका ४८ ठाउँमा तिथि र बारका आधारमा लाग्ने गरेका हटियामध्ये १८ ठाउँमा लाग्ने हटिया बन्द भएका हुन् ।

जिशिका इलामको सामान बोकेको गाडी दुर्घटना, एकको मृत्यु

मेची राजमार्गको गोदक खण्डमा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गुडिरहेको गाडी भित्तामा जोतिएर भएको दुर्घटनामा सहचालक २० वर्षीय रञ्जित सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

इलाम नगरको बजेट सवा १५ करोड

इलाम नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि १५ करोड १६ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सदरमुकाममा आयोजित समारोहमा नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले नगरको अनुमानित आय–व्यय प्रस्तुत गरेका हुन्।

पर्यटन प्रर्वद्धन गर्न ‘धरानमा इलाम’!

आफ्नो जन्म थलो इलामको पर्यटन प्रर्वद्धन एवं कृर्षि उत्पादनको बजारीकरण गर्न इलामेली समाज सुनसरी–मोरङले दुई दिने धरानमा इलाम नामक प्रर्वद्धनात्मक कार्यक्रम गर्ने भएको छ। समाजले बिहीबार पत्रकार सम्मेलन गर्दै पौरखी इलामको दोस्रो सँस्करणअन्र्तगत पुष ९ र १० गते धरानको छाता चोकमा धरानमा इलाम कार्यक्रम गर्न लागेको जनाएको छ।

इलाममा पर्यटकको ओइरो, व्यवसायीलार्इ पाहुना धान्नै मुस्किल

पर्यटकीयस्थलका होटललाई मुख्य सिजनमा आएका पर्यटक धान्न धौधौ परेको छ । जिल्लाका प्रमुख पर्यटकीयस्थलमा होटल नहुँदा र होमस्टे पनि व्यवस्थित नहुँदा पर्यटकले सुविधा पाउन नसकेका हुन् ।

इलामे चियाको चमक

नेपालको सबैभन्दा पुरानो कारखाना विराटनगरको जुट मिल भनेर समान्य ज्ञानमा लेखिएको छ। त्यो सरासर गलत हो। त्यो भन्दा पहिले नै इलाममा १९३५ सालमा चिया कारखाना खुलेको हो।

इलाम घुम्ने सिजन

नयाँबजारको सिद्धपोखरी, सोयाङको साततले झर्ना र मलुपोखरी, माइमझुवाको जैविक विविधता, टोड्के झर्ना पर्यटनका भविष्य हुन्। सदरमुकामनजिकैको बालनगाउँ, जमुनाको चोयाटार वन, छिन्टापु, प्याङको थुम्के, पानीटार चियाबारी, सिद्धिथुम्का, मिक्लाचोङलगायत गन्तव्यहरुको पूर्वाधार विकास हुन सके इलामले पर्यटनमा कोल्टे र्फन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्