३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

होलीको सांगीतिक कार्यक्रममा झडप, ४ जना पक्राउ

फागु पूर्णिमाका अवसरमा स्थानीय बट्टारमा आयोजित सांगीतिक कार्यक्रममा तोडफोड गर्ने चार जना पक्राउ परेका छन्। विहीबार साँझ विदुर नगरपालिका वडा नं ४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा प्रहरीलाई हातपात र गाडी तोडफोड गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अग्विरो दर्शकविरुद्ध झडपमा

एफए कपको पाँचौं चरणमा म्यानचेस्टर सिटी र विगानबीचको खेल सकिएपछि डीडब्लु रंगशालमा सर्जियो अग्विरो आफैं दर्शकविरुद्ध झडपमा उत्रिएको घटना फुटबल एसोसिएसनले अनुसन्धान गर्ने भएको छ। विल ग्रिग्सले गरेको गोल निर्णाक बनेपछि तेस्रो डिभिजनको क्लब विगानसँग इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब सिटी १–० को नतिजामा पराजित भएको थियो । यससँगै पेप ग्वार्डिओलाको टोली प्रतियोगिताबाट बाहिरिएको छ।

स्थानीय व्यापारी र प्रहरीबीच झडप, ३ घाइते

पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर छोटी भन्सार नाकामा सोमबार प्रहरी र स्थानीय व्यापारीबीच झडप हुँदा तीन जना घाइते भएका छन्।

रौतहटको विश्रामपुरमा झडप, प्रहरीद्वारा २१ राउण्ड अश्रुग्यास प्रहार

रौटहटको वृद्धावन नगरपालिकाको कार्यालय सार्ने विषयलाई लिएर विश्रामपुरमा झडप भएको छ । रौतहटमा १६ नगर र २ गाउँपालिका घोषणा भए पश्चात वृद्धावन नगरपालिकाको कार्यालय विश्रामपुरमा राखिएको थियो।

मन्दिरमा सन्यासीबीच झडप, एकको मृत्यु

कञ्चनपुरमा दुई सन्यासी (जोगी)बीच झडप हुँदा एकको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका ४ स्थित गुलरियाको प्रसिद्ध वनदेवी मन्दिरमा शुक्रबार साँझ आपसी विवादमा एकले अर्को सन्यासीको हत्या गरेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ।

पोखरामा नेविसंघ र प्रहरीबीच झडप, पाँच प्रहरी घाइते

विद्यार्थी मृत्युको विषयलाई लिएर पृथ्वीनारायण क्याम्पस मंगलबार बिहानैदेखि तनावग्रस्त बनेको छ । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई सोमबार साँझ क्याम्पस गेटमा नगर बसको ठक्कर दिएको र उपचारको क्रममा उनको निधन भएपछि नेविसंघको नेतृत्वमा बिहानैदेखि क्याम्पसमा प्रदर्शन भइरहेको छ

रत्नपार्कमा प्रहरी र विद्यार्थीबीच झडप (भिडियो)

पेट्रोलियम पदार्थको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले मंगलबार निकालेको 'मुर्दा जुलुश' मा झडप भएको छ।

इटहरी चोकमा प्रहरी र चालक समूहबीच झडप

सिटी सफारी चालकहरुको समूह र प्रहरीबीच इटहरी चोकमा झडप भएको छ। प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरी भिडलाई तितरबितर पारेको छ। एक घन्टादेखि चोक ठप्प पार्दै सिटी सवारी चालकहरुले प्रदर्शन गरिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो।

अमरेश सिंहको क्षेत्रमा मतगणना स्थगित, वार्ता भइरहँदा काँग्रेस-राजपाबीच झडप

मलंगवामा राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली काँग्रेसका कार्यकताबीच झडप भएको छ। नेपाली काँग्रेसका अमरेश सिंह उम्मेदवार रहेको सर्लाही–४ को मतगणना स्थगितको विषयलाई लिएर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो।

विजय जुलुस जम्काभेट हुँदा काँग्रेस-फोरम कार्यकर्ताबीच झडप, ६ राउन्ड फायरिङ

रौतहटको राजपुरस्थित फरहतुवामा नेपाली काँग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ। रौतहट-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मोहम्मद अफताब आलमको विजय जुलुस राजपुर, फरहतुवा आइपुग्दा फोरम कार्यकर्तासँग भेट भएको थियो।

बालकोटमा कांग्रेस-एमालेका कार्यकर्ताबीच झडप, तीन घाइते

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं. २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ ।

सर्लाहीमा झडपः चार राउण्ड हवाइ फायर

सर्लाहीको २ नं निर्वाचन क्षेत्र अन्तरगत कौडेना गाँउपालिका–२ जनता मावि मतदान स्थलमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ ।

रौतहटमा राजपा-फोरम कार्यकर्ता र प्रहरीबीच झडप

रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ ।

गरुडामा दोहोरो झडप, प्रहरीसमेत दर्जनौं घाइते

रौतहटको गरुडा नगरपालिकामा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा दुवैतर्फ गरी दर्जनौं घाइते भएका छन्। गरुडा नगरपालिकाका ६ महम्मदपुरका चन्द्रदेव साह कलबारको घरअगाडि प्रोजेक्टरमा मधेस आन्दोलनका घटनालाई लिएर बनाइएको भिडियो प्रदर्शन भइरहेको समयमा सशस्त्र र नेपाल प्रहरी गएर रोक्न खोज्दा स्थानीयले आक्रमण गरेपछि भिडन्त भएको थियो ।

सुडानमा झडप हुदा ४० को मृत्यु

दक्षिणी सुडानमा भएको सशस्त्र झडपमा परी ४० जनाको मृत्यु भएको छ। दक्षिण सुडानको पूर्वी राज्यमा पर्ने जोङलाईमा भएको भिडन्तमा २४ घण्टा भित्र ४० जनाको मृत्यु भएको हो। छिमेकी बोमा राज्यबाट समूहमा आएका बन्दुकधारीहरुले जोङलाई राज्यका ४० जनाको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्