२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘आफ्नो रूप हेरीहेरी प्रधानमन्त्री आफैं दंग’

प्रतिनिधिसभाको बिहीबारको बैठक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको छ। प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएपछि बसेको यो बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सत्तापक्ष र प्रतिपक्ष एकठाउँमा बस्ने वातावरण नबनेसम्म बैठकको कारबाही अघि बढ्न सक्दैन भन्दै संसद् अवरुद्ध गरेको हो। दिउँसो १ बजे बोलाइएको बैठक कांग्रेसको अवरोधपछि साढे १ बजे स्थगित भएको हो।

डा. केसी अनशन तोड्नुहोस् : देउवा

चिकित्सा शिक्षामा सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

डा. केसीसँग छलफल गर्दा 'दुई तिहाइको' शिर झुक्दैन

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले दुई तिहाइको प्रयोग जनताको पक्षमा प्रयोग गर्न सत्तापक्षलाई आग्रह गरेका छन्।

डा. केसीको जीवनरक्षा माग गर्दै संसद अवरुद्ध

प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीको जीवरक्षा माग गर्दै अवरुद्ध गरेको छ।

विरोधका बावजुद संसदबाट आजै चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद आजै संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तयारी गरिएको छ। संघीय संसदको तल्लो सदनबाट उक्त विधेयक पारित भएपछि प्रक्रिया अनुसार माथिल्लो सदनबाट पारित गर्न लागिएको हो।

'सरकार संघीयता विफल पार्ने बाटोमा'

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कम्युनिस्ट सरकार संघीयता विफल पार्ने बाटोमा लागेको आरोप लगाएका छन्। बुधबार सर्लाहीको दक्षिणपश्चिम क्षेत्रस्थित धनकौल बजारमा सहिद दिवसका अवसरमा आयोजित आमसभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका निधीले त्यस्तो आरोप लगाएका हुन्।

कांग्रेसले संसदमा अवरोध जारी राख्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा अवरोध कायमै राख्ने संकेत गरेको छ। कार्यव्यवस्था समितिको बुधबारको बैठकमा सत्तारुढ दल र सभामुख कृष्णबहादुर महरा विगतका गल्ती र कमजोरी सच्याउन तयार नभएको आरोप लगाउँदै अवरोध जारी राख्ने तयारी गरेको हो।

दुई तिहाईको दम्भले परम्परा कुल्चिँदाको परिणाम सरकारले भोग्नुपर्छ : गगन थापा

नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएको टिप्पणी गरेका छन्। कुश्मा–३ दुर्लुङस्थित सूर्यप्रकाश माविको वार्षिकोत्सवलाई सम्बोधन गर्दै थापाले सरकारले कुनै पनि काम गर्नै नसकेको बताए। अहिले काम गर्ने र परिणाम दिने बेला भएपनि सरकार विपक्षीको स्वर दबाउन र परम्परा भत्काउन केन्द्रीत भएको थापाले बताए।

कांग्रेस नेताको नाममा रहेका अस्पताल केन्द्र मातहत ल्याउने सरकारको निर्णय

सरकारले नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद बैठकले गिरिजाप्रसाद कोइरालाको नाममा रहेको तनहुँको स्वासप्रश्वास केन्द्र र सुशील कोइरालाको नाममा रहेको बाँकेको क्यान्सर अस्पताललाई संघीय सरकार मातहत राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

उन्मुक्त आकाश

नागरिकलाई जति बढी स्वतन्त्रता दियो त्यति नै बढी मुलुक प्रगतिपथ उन्मुख हुन्छ। स्वतन्त्रता नहुँदा मानसिकरूपमा समेत खुम्चिएर बस्नुपर्ने अवस्थामा नागरिक हुन्छन्। नागरिक स्वतन्त्रताको पक्षमा अहिलेका सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसबाहेक अरु को बढ्ता जानकार होला र ?

सरकार पूर्ण असफल : कांग्रेस

नेपाली कांग्रेसले केपी नेतृत्व सरकारले जनतालाई शान्तिसुरक्षा र सुशासन दिन असफल भएको आरोप लगाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिमो बैठकमा बोल्दै नेता रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रराज पाण्डे र गगनकुमार थापाले ओली नेतृत्वको कम्युनिस्ट सकार सबै क्षेत्रमा असफल भएको दाबी गरेका हुन्।

काङ्ग्रेसलाई जिम्मेबार प्रतिपक्ष बन्न आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अहिले जिम्मेवार प्रतिपक्षको खाँचो भएको बताएका छन्।

लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा : जोशी

पाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नबिन्द्रराज जोशीले सरकारल अलोकतान्त्रिक ढंगबाट चलिरहेकोले कांग्रेसले लोकतन्त्रको रक्षाका लागि प्रतिकारात्मक आन्दोलनको सुरुआत गरेको बताएका छन्।

राष्ट्रिय सभाको बैठक स्थागित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण संघीय संसदकाे राष्ट्रिय सभा बैठक १५ मिनेट सम्मका लागि स्थागित भएको छ।

सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आइतवार सानेपामा बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीसँग भएको सम्झौता विपरित बलजफ्ती राष्ट्रिय चिकित्सा विधेयक पारित गरेको र आफ्ना नेताको नाममा रहेको अस्पताललाई खारेज गर्न खोजेको भन्दै माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। प्रदर्शनमा सहभागिताका लागि बैठकले अपील समेत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्