२० आश्विन २०८१ आइतबार
image/svg+xml

चिसोबाट सप्तरीमा एकको मृत्यु

पछिल्लो केही समयदेखि तराईमा बढेको शीतलहरका कारण सप्तरीमा एक व्यक्तिको आइतबार मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–२ बरमझियाका ५५ वर्षीय बेचन शेख रहेको प्रहरीले जनाएको छ।

सप्तरीमा चिसो बढ्यो, विद्यालय बन्द

विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासी बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ।  राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ।

सप्तरीका दुई प्रदेशमा एमालेको जित

सप्तरीका ८ मध्ये दुई प्रदेश सभा सिटमा एमाले विजयी भएको छ । दोश्रो संविधान सभा निर्वाचनमा सप्तरीका ६ मध्ये तीन स्थानमा माओवादी तथा एक स्थानमा एमाले उम्मेदवार निर्वाचित भएको थियो । माओवादीसँगको गठबन्धनका बाबजुद प्रतिनिधि सभा तर्फ भने गठबन्धनका कुनै पनि उम्मेदवार विजयी हुन सकेन।

सप्तरी ३ मा चौधरी विजयी

प्रतिनिधिसभा सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसलाई हराउँदै राष्ट्रिय जनता पार्टीका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन्।

उपेन्द्र यादव जित नजिक, सप्तरीका ३ क्षेत्रमा राजपा-फोरम गठबन्धनको अग्रता

प्रतिनिधि सभा सदस्यमा सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले ८ हजार मतको फराकिलो अन्तर बनाएका छन्।

राजनीतिले सधै ठगिएको सप्तरी

लामो संघर्षपश्चात् मुलुकमा बहुदलीय प्रजातन्त्र आयो, कांग्रेस पनि सत्तामा आयो तर न त आन्दोलनका क्रममा सर्वश्वसहित आफ्नो अमूल्य जीवन दिनेहरूले केही पाए न त समग्र सप्तरीको विकासका लागि केही गर्न सकियो।

उपेन्द्रलाई सघाउने निर्णायप्रति कांग्रेस सप्तरीमा असन्तुष्टि

संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा सघाउने नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयप्रति पार्टीको जिल्ला नेतृत्व र स्थानीय नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।

जन्मभूमिको मायाले सप्तरीबाट उम्मेदवारीः उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी पछाडि परेकाले यहाँको विकास गर्न आफू यस जिल्लाबाट चुनाव लडेको बताएका छन्।

सप्तरीमा तीन लाख ४६ हजार मतदाता

आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनका लागि सप्तरीबाट कुल तीन लाख ४६ हजार २१४ जना आफ्नो मताधिकार प्रयोग गर्ने मतदाता रहेका छन्।

उपेन्द्र यादब सप्तरी–२, अशोक राई सुनसरी–१ बाट उठ्ने

संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। पहिलो चरणका लागि भन्दै सार्वजनिक गरिएको प्रतिनिधिसभाको ६२ जना  सूचीमा अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट उठ्ने भएका छन्। बरिष्ठ नेता अशोक राई सुनसरी–१ बाट उठ्ने भएका छन्।

सप्तरीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ।

सप्तरीमा काँग्रेस र राजपाबीच चर्को प्रतिस्पर्धा

सप्तरीका सात स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम अनुसार नेपाली काँग्रेस तीन, राष्ट्रिय जनता पार्टी नेपाल दुई, नेकपा एमाले एक, संघीय समाजवादी फोरम नेपाल एक तहमा विजयी भएका छन्।

सप्तरीमा एमालेले खाता खोल्यो, पाँच स्थानमा काँग्रेसको अग्रता

सप्तरीका १८ मध्यै चार स्थानीय तहको मत गणना सम्पन्न भएको छ। अन्तिम मतपरिणाम अनुसार २ स्थानिय तहमा नेपाली काँग्रेस तथा एक—एक मा राष्ट्रिय जनता पार्टी नेपाल र नेकपा एमालेले जित हात पारेका छन्।

सप्तरीका दुई वडामा राजपाको प्यानलै विजयी

सप्तरीको राजविराज नगरपालिकाबाहेक १७ वटा स्थानीय तहमा मतगणनाको कार्य आज पनि जारी रहेको छ।  पछिल्लो पटक जिल्ला निर्वाचन कार्यलयले बुधबार दिएको मतगणनाको परिणामअनुसार सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–२ सकरदहीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वडाध्यक्ष युवा उम्मेदवार सन्तोष यादव (गोइत) को प्यानलै विजयी भएको छ।

सप्तरीमा १२ बजे सम्म सबै स्थानीय तहको मतगणना सुरु हुने

सप्तरीका १८ मध्यै ६ स्थानीय तहको मत गणना जारी छ। जिल्लाको तिलाठी कोईलाडी, विष्णुपुर, अग्निसाईर कृष्णावसरण गाउँपालिका तथा सप्तकोसी, खडक र सुरूगां नगरपालिकाको मत गणना सोमवार अवेर राति देखि नै जारी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्