‘चीन र रूसबीचको सम्बन्ध थप घनिष्ठ’
चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पु-याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन्। मङ्गलबार आफ्नो हस्ताक्षरमा पिपल्स डेलीमा एक लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० बर्ष मनाउँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ पार्ने र विभिन्न ऋङ्खलावद्ध उत्सवका कार्यक्रमको आयोजना गरी सम्बन्धलाई थप विस्तार गरिने उनले उल्लेख गरेका छन्।