२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पार्टीको कुनै कार्यकारी पदमा नबस्ने झलनाथ खनालको घोषणा

अढाइ महिनाअघि भारतमा उपचार गर्न गएर सोमबार फर्केका नेता खनालले अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन्।

पार्टी दर्ताका लागि सनाखत आज

आयोगले माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर गरेका नेताहरूको हस्ताक्षर सनाखतका लागि कार्यालयमा बोलाएको हो।

वामदेवले भने: म एमालेमै छु, समाजवादीमा मेरो तस्बिर किन राखियो

गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन्। नेकपा एकीकृत समाजवादीको ब्यानरमा झलनाथ खनाल र माधव नेपालसँगै बामदेवको तस्बिर राखेर शनिवारदेखि समाजिक सञ्जालमा प्रचार गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्