६ आश्विन २०८१ आइतबार
image/svg+xml

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् टीका

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन्। भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएकादर अरुलाई पनि टीका नलगाइदिएका प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गरेका छन्।

काँग्रेस पदाधिकारी बैठकमा समानुपातिकको नाममाथि छलफल गरिँदै

यसअघि समानुपातिक तर्फको सूचीमा पार्टीको संस्थापनइतरले विरोध जनाएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाइएको थियाे।

दसैं बजार अनुगमन बढाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसहित चार मन्त्री र सचिवहरूलाई निर्देशन दिएका हुन्।

दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापन गर्न समिति

समितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक वसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वार सदस्य रहेको समिति बनाएको गृहमन्त्रालयले जनाएको छ।

सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्ति: प्रधानमन्त्री देउवा

बिहीबार काठमाडौँमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्व. थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल भएको बताउका हुन्।

जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन्।

सरकारको अबको गन्तव्य मुलुकको द्रुत आर्थिक रुपान्तरण: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रुपान्तरण रहेको बताएका छन्।

संविधानले नेपाली समाजको सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन्।

जितियाले सामाजिक एकता र सद्भावलाई जोगाएको छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै जितियाले सामाजिक एकता र सद्भावलाई जोगाएको बताएका छन्।

विज्ञानका क्षेत्रमा गरिने आविष्कारले ठूलो रोजगारी सिर्जना गर्छः प्रधानमन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १०औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुकमा आधुनिक विज्ञान शिक्षाको सुरुआत भएको धेरै लामो समय नभए पनि यस क्षेत्रको केही विकास भइरहेको बताए।

देउवाले ओलीतर्फ इंकित गर्दै भनेः संसद पनि परमादेशबाट आएकाले सँगै बसेर काम गर्ने मौका दियो

‘हुनत हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ जहिल्यै मलाई थाहा छ। यो संसद नै परमादेशबाट आएको हो। त्यसकारण उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौँ। परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर्न पाउँदैनथ्यौ। धेरै ठूला ठूला विधेयकहरु पास गर्न सकिदैनथ्यो। परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ। यसको लागि न्यायालयले पनि न्याय गरेको मैले महशुस गरेको छु।’

गठबन्धनकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संसद्को कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन्।

परम्परागत ज्ञान,सीपलाई समयानुकुल परिमार्जन गर्न आवश्यकः प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले सरकार विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि प्रयत्नरत रहेको बताए। उनले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि लगानी वृद्धि गरी प्राज्ञ, वैज्ञानिक विद्यार्थी र अनुसन्धानकर्तालाई राष्ट्रको समग्र विकासमा लागिपर्ने व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको बताए।

जबरामाथिको महाअभियोग प्रस्तावको प्रतिवेदन संसद सचिवालयमा पेश गर्न नसकिने एमालेको अडान

‘हामीले हिजो मात्रै केही कागजातहरु प्रमाणका लागि मगाएका छौं। अब ती तथ्यहरु आउनु पर्‍यो नि। सम्पत्ति शुद्धिकरणमा उहाँको सम्पत्ति छानविन हुँदैछ। कति सम्पत्ति रहेछ? प्रधानन्यायाधीश भएपछि अकूत सम्पत्ति कमाएको कुराहरु आएका छन्। त्यसको पनि अध्ययन गर्नु पर्‍यो। त्यसैगरी केही फैसलाका विवादहरु आएका छन्। सर्वोच्च अदालतको भवन निर्माणको ५ अर्ब भन्दा बढीको ठेक्का फाइल पनि मगाइएको छौं। ती अध्ययन गरेर मात्रै अघि बढ्न सकिन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्