६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

विज्ञानका क्षेत्रमा गरिने आविष्कारले ठूलो रोजगारी सिर्जना गर्छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मानव जीवन सुखी तथा सहज बनाउन वैज्ञानिक खोज अनुसन्धान हुँदै आएको बताएका छन्।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १०औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुकमा आधुनिक विज्ञान शिक्षाको सुरुआत भएको धेरै लामो समय नभए पनि यस क्षेत्रको केही विकास भइरहेको बताए।

विज्ञान, प्रविधिको विकास, वैज्ञानिक जनशक्ति उत्पादन, नवीनतम आविष्कार र उनीहरुको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले भने, 'देशको विकास र समृद्धिका लागि महत्वपूर्ण रहेको विज्ञानका क्षेत्रमा गरिने नयाँ आविष्कारले ठूलो रोजगारी सिर्जना गदर्छ।'

प्रधानमन्त्री देउवाले डिजिटल अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिँदै वैज्ञानिक जनशक्तिलाई अनुसन्धानको व्यवस्थापन तथा प्रतिभाको संरक्षण गर्ने नीति सरकारको रहेको र त्यसका लागि निजी क्षेत्रको सहयोगको अपेक्षा राखे।  

यस क्षेत्रलाई फराकिलो बनाउन स्वदेशी तथा विदेशी लगानीको खाँचो औँल्याउँदै उनले विज्ञान शिक्षाको विकास गर्न गाउँदेखि नै उचित वातावरण तयार पार्नुपर्ने विचार व्यक्त गरे।

प्रकाशित: १ आश्विन २०७९ १०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App