३ पुस २०८१ बुधबार
image/svg+xml

बागलुङको छुर्पी अमेरिका निर्यात

वार्षिक रु आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी सङ्घले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु. ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो।

कृषि उपजले बजार पाएन, मर्कामा परे किसान

इलामका किसानले दूध, अर्थोडक्स चियालगायत उत्पादित उपजको खस्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण समस्यामा पर्दै गएको बताएका छन्।

श्यामशिलाको छुर्पी बाह्य बजारमा

भोजपुरको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ। वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो।

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

स्याङ्जाको वालिङ नगरपालिका-८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ।

बीमा र अनुदानले चौँरीपालक किसान उत्साहित

चौँरीको दूधबाट नौनी, घ्यू र छुर्पी उत्पादन हुन्छ। एउटै गोठमा ५० भन्दा बढी चौँरी पाल्ने किसानको उत्पादन खरिद गर्न व्यापारी खर्कमै पुग्ने गरेका छन्।

इलाममा दुई हजार किलो छुर्पी बरामद

इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो ९४० बोरा० छुर्पी प्रहरीले बरामद गरेको छ। रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो।

छुर्पीको व्यापारमा मन्दी

ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाको बिखेचौर भन्ने ठाउँमा चौरी गोठ चलाएर बसेका भीम भण्डारीलाई अहिले चिन्ता बढिरहेको छ। यहाँ उत्पादन भएको चौरीको छुर्पीको कारोबार साह्रै सुस्त भएकाले उनी चिन्तित देखिन्छन्।

एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

दुई वर्षअघि स्थापित इलामको सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा ३ लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ।

छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा

इलाममा विगत केही महिनायता छुर्पीको मूल्यमा आएको कमीका कारण किसान मारमा परेका छन्। जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्यमा कमी आएपछि मारमा परेका हुन्। प्रतिमहिना ३ टन छुर्पी बाहिर निर्यात हुने गरेको भए पनि हाल त्यसमा कमी अएको व्यवसायीको भनाइ छ।

नेपाली छुर्पी खान्छन् अमेरिकी कुकुर

नेपालका कुन–कुन उत्पादन तेस्रो मुलुक निर्यात होलान्? फरर्र जवाफ आउन सक्छ– चिया, ढाका, हस्तकला, पस्मिना, तयारी कपडालगायत। तर, अमेरिकी घरपालुवा कुकुरको आहारा पनि नेपालबाटै गइरहेको छ भनेको सुन्दा अनौठो लाग्न सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्