पूर्व डिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी, सिलवाल भने क्वालालम्पुरमा
महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र पठाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र पठाएको छ।
उदयपुर प्रहरीले लागू औषधसहित ३ जनालाई पक्राउ गरेको छ। गाईघाट–लाहान सडक खण्डमा चल्ने सवारी साधनमा नियमित चेकजाँच गर्ने क्रममा आईतबार राती सय थान भन्दा बढी बिभिन्न खाले लागू औषधसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
दक्षिण अफ्रिकामा रोजगार दिलाईदिन्छु भन्दै मानव बेचबिखन गर्ने मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१ बस्ने ३५ वर्षीय चित्रप्रसाद ढुङ्गेललाई प्रहरी प्रधान कार्यालयअन्तर्गत केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको टोलीले पक्राउ गरेको छ ।
गाई काटेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बकैया गाउँपालिका–७ कान्द्राङ बस्ने ४८ वर्षीय शंकर मोक्तानसहित चार जनालाई प्रहरीले पक्राउ गरेर कारवाहीको प्रक्रिया अघि बढाएको छ ।
भ्रष्टाचारको प्रमाण नष्ट गर्न सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा योजनाबद्ध रुपमा आगो लगाएको खुलेपछि सई हुमबहादुर थापा पक्राउ परेका छन् । यसअघि सशस्त्रका हबल्दार रामकृष्ण श्रेष्ठ पक्राउ परिसकेका छन् ।
जिल्ला सदरमुकाम बागलुङ बजारमा पछिल्लो समय श्रृङ्खलावद्ध रुपमा चोरीका घटना बढेका छन्। मंसिर र पुसमा बागलुङ बजार भित्रका आधा दर्जन पसलमा चोरी भए। चोरीका घटनाहरु निरन्तर बढ्दै गएपछि सुक्ष्म रुपमा अनुसन्धानलाई अगाडि बढाएको जिल्ला प्रहरीले कार्यालयले चोरीको आरोपमा एक जना किशोरलाई पक्राउ गरेको छ ।
अनुमति नलिई यौन बर्धक सामाग्री विक्री गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले १ भारतीय नागरिकसहित १५ जनालाई पक्राउ गरेको छ।
बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ।
अवैध रुपमा औषधि पसल सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
इरानमा मुल्य वृद्धिका विरुद्धमा भएको प्रदर्शनका क्रममा ५२ जनालाई पक्राउ गरिएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले रु ३२ लाख रकमसहित आज एक भारतीयलाई पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ गरेको छ।
र्सा प्रहरीले ४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ गरेको छ । विश्रामपुर गाउमा रहेका कारोबारीको घरमा छापामारी ४८ किलो गाँजा र प्याकिङ गर्ने सामग्री बरामद गरेको छ । पक्राउ पर्नेमा बहदुृरामाई नगरपालिका –९ बिश्रामपुरका ३० वर्षे शर्माप्रसाद कलवार र उनका भाई २७ वर्षीय गम्भिर साह कलवार रहेका प्रहरी उपरीक्षक गणेश रेग्मीले जनाए ।
उदयपुर प्रहरीले लागुऔषध प्रयोग र कारोबारको आरोपमा ५ युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सदरमुकाम त्रियुगा नगरपालिका ३ बाट उनीहरुलाई पक्राउ गरिएको हो। एउटै वडाबाट पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ का २४ वर्षीय मिथुन चौधरी, १९ वर्षीय ओमप्रकाश चौधरी, १७ वर्षीय दिबश लोहनी र २२ वर्षीय राकेश रोक्का रहेको प्रहरी भनाई छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमस इभको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने दुर्इ सय ४५ चालकलाई नियन्त्रणमा लिएको छ । महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा दुर्इ सय ४५ चालकलाई नियन्त्रणमा लिइ कारबाही गरिएकाे छ ।