आन्तरिक पाहुनालाई फेवा महोत्सवको निम्ता
पोखरामा हुने फेवा नववर्ष महोत्सवका लागि पोखरेली व्यावसायीले काठमाडौंका पाहुनालाई आमन्त्रण गरेका छन्।
पोखरामा हुने फेवा नववर्ष महोत्सवका लागि पोखरेली व्यावसायीले काठमाडौंका पाहुनालाई आमन्त्रण गरेका छन्।
नेपाली नयाँ वर्षको अवसरमा पोखरामा फेवा नववर्ष महोत्सव हुने भएको छ। महोत्सवको यो २० औं संस्करण हो। होटल संघ पोखराले आगामि चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडमा फेवा नववर्ष महोत्सव हुने आयोजकले बताएको छ।
बढी भन्दा बढी आन्तरिक पाहुना भित्र्याउने उद्देश्य सहित पोखरामा विहीबारदेखि फेवा नववर्ष महोत्सव सुरु भएको छ। नेपाली नयाँवर्षको अवसर पारेर आयोजित महोत्सवले पोखरामा बढी भन्दा बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य राखेको आयोजकले बताएको छ। तीनदिन आयोजना हुने महोत्सवको यो १९ औं संस्करण हो।
सिजनको बेलामा पनि पाहुना नपाउँदा अत्तालिएका पोखराका पर्यटन व्यवसायीले संघीय राजधानी काठमाडौंका आन्तरिक पाहुनालाई पोखरा घुम्न आउन अनुरोध गरेका छन्। पोखरामा आगामी बुधबारदेखि सुरु हुने १८ औं संस्करणको फेवा नववर्ष महोत्सवको अवसर पारेर आन्तरिक पाहुनालाई पोखरा घुम्न आइदिन व्यवसायीले राजधानीवासीलाई निम्ता गरेका हुन्।
सुस्ताएको पर्यटन क्षेत्र उकास्नका लागि होटल संघ पोखराले १८ औं संस्करणको फेवा नववर्ष महोत्सव आयोजना गर्ने भएको छ। चैत २९ देखि बैशाख १ गतेसम्म आयोजना हुने महोत्सव पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा संचालन हुनेछ। संघले आन्तरिक पर्यटक भिœयाउनका लागि महोत्सव सहयोगी बन्ने बताएको छ।
होटल संघ पोखराले नेपाली नयाँ वर्षको अवसर पारेर यहाँ सडक महोत्सव गर्ने भएको छ। यसअघि ‘फेवा नववर्ष’ ब्राण्डमा महोत्सव गर्दै आएको संघले रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा सडक महोत्सव गर्ने तयारी गरेको हो।
दुई वर्षदेखि पर्यटकीय क्षेत्र लेकसाईड कोरोनाले आत्तिएको छ। विदेशी पर्यटक सत्कार गर्न नपाईरहेको लेकसाईड क्षेत्रलाई फेरी गुल्जार बनाउन पर्यटन व्यवसायी महोत्सव गर्नेतर्फ अग्रसर भएका छन्।