८ आश्विन २०८१ मंगलबार
image/svg+xml

महानगरपालिकाका भित्री भागमा आगलागीकाे जोखिम

महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा छन् ।नगरका भित्री भागमा दमकल जान सक्ने बाटो छैन । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ।

आगलागीमा गम्भीर घाइते महिलाको ११ दिनपछि मृत्यु

आगलागीमा गम्भीर घाइते भएकी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा भञ्ज्याङकी ४५ वर्षीय रत्नमायाँ सार्कीको मृत्यु भएको छ। फागुन ९ गते बिहान भएको घर आगलागीमा गम्भीर घाइते भएकी सार्कीको शनिबार मृत्यु भएको हो।

आगलागी पीडितलाई प्रवासीको सहयोग

कोरियामा कार्यरत नेपालीहरुको संस्था नुवाकोट समाज तथा बुद्ध इन्टरटेन्मेन्टले विदुरको एक आगलागीपीडित परिवारलाई संयुक्त रुपमा ५८ हजार रुपैयाँ सहयोग गरेको छ।

हुम्लाको ताजाकोटमा आगलागी, करोडाैंको क्षती

हुम्लाको सदरमुकाम सिमीकोट देखि ५४ कोष टाढा पर्ने ताजाकोट गाउँपलिका वडा नम्बर १ जिमाना घटमाना गाउँको पशुबस्तु राख्ने खर्क (गोठ) मा आगलागी हुँदा ३० घर (खर्क) र ठुलो संख्यामा पशु चौपाया सहित करोडौको धनमाल जलेर नष्ट भएको छ।

विद्युत सर्ट हुँदा सैनिक ब्यारेकमा आगलागी, स्थानीयका घरमा क्षति

उदयपुरमा विद्युत सर्ट भई आगलागी हुँदा नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डासहित सयौं स्थानीयको घरमा क्षति पुगेको छ। आईतबार विहान ९ बजे विद्युतको एउटा पोलमा तार सट हुन पुग्दा त्रियुगा नगरपालिका ३ भुल्केस्थित सेनाको बाहिनी र त्यस आसपासको भुल्केका पूरै स्थानीयको घरमा क्षति पुगेको हो।

चार्जमा राखेको मोबाइलबाट घरमा आगलागी

सर्लाहीको वागमती नगरपालिका स्थित चार्जमा राखेको मोबाइल पड्किँदा घरमा आगलागी भएको छ। सामसुङ कम्पनीको मोबाइल पड्कदा निस्केको आगोले आइतबार दिउँसो वागमती नगरपालिका–४ स्थित अनिल थापाको घरमा आगलागी भएको उक्त वडाका अध्यक्ष कृष्णबहादुर लामाले जानकारी दिए।

घरमा आगलागी हुँदा नाबालिकाको मृत्यु

बाजुराको मडिमालिका नगरपालिका–८ मा एउटा घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ। घरमा आगलागी हुँदा घरभित्र सुताइएकी गंगा भण्डारीकी १० महिने छोरी देवीका भण्डारीको मृत्यु भएको हो।

आगलागीमा गम्भीर घाइतेलाई हेलीकोप्टरमार्फत काठमाडौं

आगलागीमा गम्भीर घाईते भएकी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी रत्नमायाँ सार्कीलाई हेलीकोप्टरमार्फत काठमाडौं पठाइएको छ।

आगलागीपीडितलाई राहत

खोटाङको हलेसीका आगलागीपीडितका लागि देशविदेशमा संकलन भएको १३ लाखभन्दा बढी रुपैयाँ हस्तान्तरण गरिएको छ । गत पुस १८ गते भएको आगलागीमा घरसहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका अग्निपीडितको सहयोगका लागि स्वदेश तथा विदेशमा गरी १३ लाख ३५ हजार १ सय ८५ रुपैयाँ संकलन भएको थियो ।

आगलागीमा ७० लाखको क्षति

अन्तर्राष्ट्रिय संस्था वल्र्ड भिजन इन्टरनेसनलको चौतारास्थित कार्यालयमा आगलागी भएको छ । आगलागीबाट अनुमानित ७० लाख रुपैयाँ बराबर क्षति भएको संस्थाका जिल्ला व्यवस्थापक दिनेश बरालले बताए । उनका अनुसार प्रिफ्याबबाट बनेका भवन जलेका छन् । भवनमा रहेका सबै फर्निचर, केही थान ल्यापटप र कागजात पनि नष्ट भएका छन् ।

वर्ल्ड भिजन इन्टरनेसनलको कार्यालयमा आगलागी

भूकम्पपछिको पुनर्निर्माणमा सघाइरहेको अन्तर्राष्ट्रिय संस्था वर्ल्ड भिजन इन्टरनेसनलको चौतारास्थित कार्यालयमा आगालागी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्