२४ असार २०८१ सोमबार
image/svg+xml

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः सकियो ‘क्यालिब्रेसन फ्लाईट’

अगामि जनवरी एकदेखि संचालनमा ल्याउने तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रीक परीक्षण (क्यालिब्रेसन फ्लाइट) सकिएको छ। एकसाता लगाएर विमानस्थलको यान्त्रीक परीक्षण गरिएको हो। यान्त्रीक परीक्षणको रिपोर्ट भने आईसकेको छैन।

‘क्यालिब्रेसन फ्लाईट’ गर्ने जहाज पोखरा आइपुग्यो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाईट (यान्त्रीक परीक्षण) गर्ने जहाज पोखरा आएको छ। शनिबार बिहान नेपालगञ्जबाट यो जहाज पोखरा आएको हो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः मंसिर ५ देखि ११ गतेसम्म ‘क्यालिब्रेसन फ्लाईट’

आगामि जनवरी १ देखि संचालनमा ल्याउने तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाईट’ (यान्त्रीक परीक्षण) आगामि मंसिर ५ गते (२१ नोभेम्बर) बाट सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले मंसिर ११ (२७ नोभेम्बर)सम्म क्यालिब्रेसन फ्लाईटका लागि उडान तालिका स्वीकृत गरेको छ। यान्त्रीक परीक्षणका लागि थाइल्याण्डको एरो थाई कम्पनिको जहाज नेपाल आइसकेको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः डाँडा काट्न ढिलाई गर्दा ‘क्यालिब्रेसन फ्लाईट’ नै पछाडि धकेलियो

रिठ्ठेपानी डाँडा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टि ‘एप्रोच’मा पर्छ। एप्रोचमा पर्ने त्यो डाँडा कटान नहुँदा क्यालिब्रेसन फ्लाइट पछाडि धकेलिएको छ। यसअघि अक्टोवरमा क्यालिब्रेसन फ्लाईट गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताउँदै आएको थियो। तर, डाँडा कटान नहुँदा नोभेम्बर अन्तिम साता भन्दा अघि क्यालिब्रेसन फ्लाइट सम्भव नभएको प्राधिकरणले बताएको छ।

हवाई पूर्वाधारको अर्को फड्कोः सञ्चालनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ। विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्