१८ असार २०८१ मंगलबार
image/svg+xml

एमसीसी पास गर्ने बारे सहमति नभएको नेपालको भनाइ

अध्यक्ष नेपालसहित आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको थियो। तर पास गर्ने सहमति नभएको नेता नेपालको भनाइ भनाइ छ।

प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी संसद्को कार्यसूचीमा

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको संसद्को कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता लगायत विषयलाई समावेश गरिएको छ।

एमसीसी अनुमोदनको निर्णय नेपालकैः अमेरिका

अमेरिकी दूतावासले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको हो।

एकीकृत समाजवादीले एमसीसी संसदमा टेवल गर्न दिने

बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो।

नेताहरुको प्रतिक्रियाः एमसीसी संशोधनबिना संसदबाट पारित गर्न नदिने, गठबन्धन टुट्नु अनिवार्य

एमसीसी सम्झौता केवल करार सम्झौता मात्रै भएकाले नेपालको संसदले अनुमोदन गर्नु आवश्यक नरहेको उनले बताए।

एमसीसी नेपालको आन्तरिक राजनीतिमा किचलो गर्न ल्याइएको हो: रामकुमारी झाँक्री

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताएकी हुन्।

एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्थाले निर्णय गर्छः प्रवक्ता कार्की

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिने क्रममा उनले एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने बताएका हुन्।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे छ। एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल जारी रहेकाे छ।

१० बजे गठबन्धनको बैठक बस्दैः एमसीसीबारे छलफल गरिने

आज बिहान १० बजे गठबन्धनको बैठक पनि बस्दै छ। बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सहमति खोज्ने बताइएकाे छ।

एमसीसी छिटो संसद्मा प्रवेश गराएर छलफल गरिनुपर्छ: पुष्पा भुसाल

नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताएकी छिन्।

एमसीसी विरूद्ध ताप्लेजुङमा मसाल जुलुस

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा हिमाली जिल्ला ताप्लेजुङमा मसाल जुलुस प्रर्दशन गरिएको छ।

एमसीसीको पक्षमा मोटरसाइकल र्‍याली

एमसीसीको विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा आज प्रदर्शन गरिएको छ।

एमसिसीको विवाद निरर्थकः अध्यक्ष ठाकुर

जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै ठाकुरले एमसिसी परियोजना विशद्ध रुपमा विकासँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताए।

प्रचण्डले एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भिर नोक्सान पुर्‍याउने गरे: ईश्वर पोखरेल

पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भिर नोक्सान पुर्‍याउने काममा अध्यक्ष दाहाल लागि परेको बताएका हुन्।

ओलीलाई प्रचण्डको फोनः एमसीसीमा तपाईंले निर्णय नगरी भएन

बिहीबार साँझ प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसिसीबारे निर्णय गर्ने आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख 'विष्णु रिजाल'ले जानकारी दिए। प्रचण्डले ओलीलाई गरेको अनुरोध उद्धृत गर्दै रिजालले भने, ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्