७ आश्विन २०८१ सोमबार
image/svg+xml

विप्लव समूहका कर्णाली ब्युरो सदस्य पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन भेरी कर्णाली ब्युरो सदस्य शिखर पहाडी 'हिमशिखर' पक्राउ परेका छन्।

विप्लव समूहका दुई जिल्ला नेता पक्राउ

पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सदस्य शारदा भण्डारी र कमालुद्दिन अन्सारी रहेका छन्। अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

कुटाइबाट छात्रको मृत्यु, चार शिक्षक पक्राउ

शिक्षकको कुटाइबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र १५ वर्षीय माधव कलौनीको ज्यान गएको छ। कक्षा ९ मा अध्ययनरत कलौनीलाई असार १३ गते शिक्षकले कक्षाकोठाबाट अफिसमा लगेर कुटेको आरोप छ। कुटपिटपछि गम्भीर घाइते भएका कलौनीलाई उपचारार्थ भारतको राममूर्ति अस्पतालम लगिएको थियो। उनको उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको बुबा बिरस्पति कलौनीले बताए।

ग्रिल काटेर हिरासतबाट फरार दुई अभियुक्त समातिए

महानगरीय अपराध महाशाखाले हिरासत कक्षको ग्रिल काटेर फरार भएका दुई अभियुक्तलाई पक्राउ गरेको छ।

अवैध बालुवा निकाल्ने ट्याक्टर पक्राउ

‘राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागू भएको जिल्ला उदयपुरमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र विक्री वितरण गर्न कानुनी रुपमा मनाही गरिए पनि लुकीचोरी उत्खनन र चोरी निकासी रोकिएको छैन। यसरी अवैध नदीजन्य पदार्थ उत्खनन गरेर विक्री वितरण गरेको अभियोगमा यहाँको प्रहरीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला समन्वय समितिको जिम्मा लगाएको छ।

बलात्कारमा सहयोग गरेको आरोपमा पीडितकै काकी पक्राउ

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ माध्यमिक विद्यालयमा एक किशोरीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ।

अख्तियारद्वारा तीन कर्मचारी पक्राउ

पचरौता नगरपालिकाका इन्जिनियर, नायबसुब्बा र कार्यालय सहयोगी मंगलबार घुस लिइसकेको अवस्थामा पक्राउ परेका छन्।

अख्तियारद्वारा इन्जिनियरसहित तीन कर्मचारी पक्राउ

पचरौता नगरपालिकाका ईन्जिनियर, नायबसुब्बा र कार्यालय सहयोगी मंगलवार घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ परेका छन्।

ब्राउन सुगरसहित एक पक्राउ

प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो।

टेलिकमको तार चोरी गर्ने तीन पक्राउ

प्रहरीले पक्राउ परेकासँग नेपाल टेलिकमको तारको १७ टुक्रा, नेपाल टेलिकमको मसिनो केबुल तार एक बोरा, दुई साइकल, तार काट्न प्रयोग हुने हेक्सोब्लेड एक थान बरामद गरेको छ।

विषादी परीक्षणको माग गर्दै नेविसंघको राँकेजुलुस, ९ जना पक्राउ

भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणको माग गर्दै नेपाल विद्यार्थी संघले राजधानीमा प्रदर्शन गरेको छ। राँकेजुलुससहितको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर ९ जनालाई नियन्त्रणमा लिएको छ।

पोल्याण्डका नागरिक पाेखरामा पक्राउ

पोल्याण्डका नागरिक पाेखरामा पक्राउ परेका छन्। अवैध बाटाे भएर नेपाल प्रवेश गरी पछिल्लाे केही समयदेखि प्रयाटकीय क्षेत्रमा पाेखरमा लागुऔषध प्रयोग गरी होहल्ला गर्दै आएका पोल्याण्डका नागरिक राकोल मार्किनलाई पर्यटक प्रहरीले पक्राउ गरेकाे छ।

लागुऔषधसहित तीन युवक पक्राउ

प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरी टोलीले सिरहाको नवराजपुर गाउँपालिका–३ बाट लागुऔषधसहित लहान नगरपालिका–२ का २५ वर्षीय मोहम्द छटु मियाँ र २३ वर्षीय मोहम्द अमिर मियाँलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्