६ आश्विन २०८१ आइतबार
image/svg+xml

लागुपदार्थ दुर्व्यसनी बढ्दै, एक महिनामा १० जना पक्राउ

पाँचथरमा लागु औषधको प्रयोगकर्ताहरु बढ्दै गएको पाइएको छ। कलिलो उमेरदेखि नै लागुपदार्थको नशामाफस्नेको संख्यामा बढोत्तरी भएर गहिरहेको पाइएको छ।

चावहिलबाट सुनसहित दुई पक्राउ

नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो।

बसमा युवतीको सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

बसमा सामूहिक जर्वरजस्ती करणी गरेको आरोपमा इटहरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ। सोमबार राति ९.३० वजेको समयमा धरानवाट विराटनगर तर्फ छुटेको को १ ख ४६२७ नं. को वसमा सवार २२ वर्षीया युवतीलाईं इटहरीमा सामूहिक करणी गरेको आरोपमा प्रहरीले बसका स्टाफलाई पक्राउ गरेको हो।

घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ।

घुससहित प्रहरी नायब निरीक्षक जिसी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीलाई सेवाग्राहीबाट लिएको १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

पतिकै अगाडि महिलाको सामूहिक बलात्कार, १४ जना पक्राउ

भारतको हैदराबादमा एक महिलाको पतिकै अगाडि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ।

‘स्पाइडरमेन’ पक्राउ

गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ अलाइन रोबर्ट जर्मनीको फ्रेङ्कफर्ट शहरस्थित ‘स्काइपर’ टावर चढेपछि पक्राउ परेका छन्।

साढे १८ किलो चाँदीसहित एक जना पक्राउ

धनुषाको सशस्त्र प्रहरीले साढे १८ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान करिब ९ बजे सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटेको छ जनाको स्क्वाइट टोलीले उक्त चाँदी सहित महोत्तरीको पिपरा गाउँपालिका –५, सहोर्वा निवासी ३० वर्षीय भरतकुमार साहलाई पक्राउ गरेको हो।

थप तीन नेपाली पक्राउ, मूख्य योजनाकार फरार

कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणको अनुसन्धानमा रहेका प्रहरी टोलीले थप तीन जनालाई पक्राउ गरेको छ।

आठ किलो चरेशसहित युवती पक्राउ

अवैध लागूऔषध चरेश ओसारपसारमा संलग्न भएको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। चरेश आठ किलो एक सय ६० ग्रामसहित पर्साको पटेर्वा सुगौली नगरपालिका १ की २४ वर्षीया गीता राईलाई प्रहरीले पक्राऊ गरेको हो।

फरार अभियुक्त धमाधम पक्राउ, एकै दिन १३ जना खोरमा

विभिन्न आपराधिक गतिबिधिमा संलग्न भई जिल्ला अदालतबाट दोषी करार भए पनि फरार रहेका उदयपुरका दर्जन बढी अभियुक्तलाई प्रहरीले एकैदिन पक्राउ गर्न सफल भएको छ।

बैंक ह्याकिङ प्रकरण– स्याङ्जाबाट थप एक पक्राउ

कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले बुधबार दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ।

चार डाँका पक्राउ

आज बिहानै डाँकाको एक समूहलाई गोली प्रहार गरी पक्राउ गर्न धनुषा प्रहरी सफल भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करीब ३ बजेर ३० मिनेटको समयमा गोली प्रहार गरी चार डाँकाहरुलाई पक्राउ गरिएको हो।

लागूऔषध सहित दुई युवक पक्राउ

सीमावर्ती नवराजपुर गाउँपालिका –४ झाझपट्टीबाट प्रहरीले लागूऔषध सहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका १ सिंगराहीका २४ वर्षिय दयाराम चौधरी र २० वर्षिय अजय चौधरी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्