६ आश्विन २०८१ आइतबार
image/svg+xml

दुई लाख नगदसहित १४ जुवाडे पक्राउ

सुर्खेत प्रहरीले दशैंको अवसरमा जुवा खेल्दै गरेका १४ जनासहित दुई लाखबढी नगद बरामद गरेको छ। प्रहरीका अनुसार वीरेन्द्रनगरबाट सात र भेरीगंगा नगरपालिकाबाट सात जनालाई पक्राउ गरिएको हो।

नगदसहित जुवाडे पक्राउ

नेपाल प्रहरीले ९८ हजार रूपैयाँ नगद सहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ। कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

दुई लाख नगदसहित ११ जुवाडे पक्राउ

त्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद र हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।

हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

लाखौंको कपडा बरामद, तीन जना पक्राउ

बारा प्रहरीले मोटरसाईकलमा लोड गरि अबैध तरिकाले भित्रियाइएको कपडा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ। सोमबार पत्रकार सम्मेलनमार्फत ठुलो परिमाणमा कपडा सहित पक्राउ परेकाहरुलाई बारा प्रहरीले सार्वजनिक गरेको हो।

महरालाई पक्राउ गर्न अदालतको अनुमति

बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शनिबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।

बालविवाह गरिरहेका बेहुलाबेहुलीसहित सात जना पक्राउ

सल्यानमा बालविवाह गर्ने गराउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

१२ लाख बराबरको पटाकासहित ३ जना पक्राउ

बारा प्रहरीले अवैध रुपमा पिकअप भ्यानमा नेपाल भित्र्याइएको पटाकासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत ठूलो परिमाणमा पटाकासहित पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको हो।

मापसे गरेर यात्रु बोक्ने चालक पक्राउ

दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ। नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले पक्राउ गरेको छ।

मापसे गरेर यात्रु बोक्ने तीन चालक नयाँ बसपार्कबाट पक्राउ, एक फरार

दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ। नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले पक्राउ गरेको छ। एक चालक भने फरार रहेको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले जनाएको छ।

पाँच लाख घुससहित ओभरसियर पक्राउ

अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले घर सम्पन्नको प्रमाणपत्र मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा टोखास्थित लायन्स इन्जिनीयरिङ कन्स्ट्रक्शन एन्ड कन्सल्टेन्सी प्रालिका ओभरसियर प्रशान्त चौधरीलाई पाँच लाख घुससहित नियन्त्रणमा लिएको छ।

दस हजार घुससहित सर्वेक्षक भण्डारी पक्राउ

घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्वेक्षक सन्तोष लाई पक्राउ गरेको छ।

पाँच किलो अफिमसहित एक पक्राउ

करिब पाँच किलो लागुऔषध अफिमसहित रुकुम पश्चिम प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–७ नदुवाबाट ४ किलो ९ सय ग्राम लागु औषध अफिम सहित सानीभेरी गाउँपालिका–५, गोलचौर का ३२ वर्षीय रन्जीत खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्