अपर त्रिशूली–१ मा नेपाली सेनाको उद्धार टोली प्रवेश, आजदेखि उद्धार सुरु
अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको २१६ मेगावाट क्षमताको क्षेत्रमा नेपाली सेनाको उद्धार टोली प्रवेश गरेको छ।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको २१६ मेगावाट क्षमताको क्षेत्रमा नेपाली सेनाको उद्धार टोली प्रवेश गरेको छ।
नेपाल सरकारका तर्फबाट अर्थ र कृषिमन्त्रीले संयुक्त रूपमा जलवायुजन्य हानि तथा नोक्सानी कोषका सहअध्यक्षहरूलाई पत्र लेखेर भोटेकोसी र त्रिशूलीको बाढीबाट भएको क्षतिसँग जुध्न सहयोगसम्बन्धी विशेष निर्णय तत्काल गर्न आग्रह गरिएको छ।
भारी वर्षापछि आएको बाढीले ग्रान्ड क्यान्यनका पदमार्ग, फुटब्रिज र पानी आपूर्ति गर्ने मुख्य पाइपलाइनमा समेत ठूलो क्षति पुर्याएको छ। दुर्गम क्षेत्रमा फसेका पदयात्रीको खोजी तथा उद्धार कार्य जारी छ।
रसुवामा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा फसेकाहरूको उद्धारमा खटिएका प्राविधिक प्रणय मगरले उद्धार कार्यमा ढिलाइ भएको भन्दै सरकारसँग गुनासो गरेको फेसबुक पोस्ट हटाइएको छ।
अमेरिकी खेलाडी बेन शेल्टनले यूएस ओपनको पहिलो चरणमा उत्कृष्ट पुनरागमन गर्दै नेदरल्यान्ड्सका टालोन ग्रिकस्पोरलाई पराजित गरेका छन्।
झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख २८ हजार २८८ सहयोग गर्ने निर्णय गरेको छ।
भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ।
संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।
रसुवा जिल्लामा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि जुम्लाबाट आर्थिक सहयोग गरिएको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपालमा पटक–पटक दोहोरिइरहेका बाढी, पहिरो, भूकम्पलगायतका विपद्लाई ध्यानमा राख्दै विकासको ढाँचा नै पुनर्विचार गर्नुपर्ने बताएकी छन्।
संसदीय मामलाका विज्ञहरू संसद् बन्द हुँदा पीडितको पीडा राष्ट्रिय बहसको अजेन्डा बन्न नसक्ने र सत्ता–प्रतिपक्षले एकसाथ उभिएर राष्ट्रिय एकताको सन्देश दिने अवसर गुम्ने बताउँछन्।
ती अधिकारीमाथि यसअघि अर्को बेपत्ता व्यक्तिको खोजी पनि समयअघि रोकेको आरोप लागेको थियो। ती ६० वर्ष आसपासका पुरुष पछि मृत अवस्थामा फेला परेका थिए।
रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी हालसम्म पहिचान हुन नसकेका शव कानुनी प्रक्रियाअनुसार जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा उद्धार गरिएका बालबालिकाको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल गरेको छ।
भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।