१३ आश्विन २०८१ आइतबार
image/svg+xml

ओस्लोको नाइटक्लबमा गोली चल्दा दुई मारिए, कैयौँ घाइते

एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। आज बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीहरूले बताएका छन्।

अमेरिकी राष्ट्रपति टेक्सासस्थित नरसंहार भएको विद्यालय जाँदै

अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालयमा जाने भएका छन्। उनी सो नरसंहारको निरीक्षणका लागि यही आइतबार त्यहाँ जान लाग्नुभएको समाचारमा जनाइएको छ।

टेक्सासमा तीन प्रहरी अधिकारीमाथि गोली प्रहार

प्रहरीकाअनुसार, तीन अफिसरहरू माथि म्याकगोवेन सेन्टको २१०० ब्लकमा गोली हानिएको छ।

टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड

अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ ।

अमेरिकामा केही घण्टामै अर्काे गोलीकाण्ड, सुटरसहित ९ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको टेक्सासमा गोलीकाण्ड भएको केही घण्टामै अर्काे राज्य ओहायोमा पनि अन्धाधुन्ध गोली प्रहार भएको छ।

टेक्सासमा यूएनए सम्मेलन हुँदै

अमेरिकामा बसोबास गर्ने दोश्रो पुस्तालाई अमेरिकी मुलधारमा समेट्ने उद्देयका साथ मे २६ र २७मा टेक्सासमा युनाईटेड नेपलीज् एसोसियसन (यूएनए) को तेश्रो सम्मेलन हुने भएको छ। कार्यक्रममा अमेरिकी मुलधारको राजनीतिमा सहभागिताका लागि कस्तो मार्ग अपनाउने, सीप र क्षमता भएर पनि उच्चस्तरको व्यपार र जागिरका लागि कसरी पहुँच पुर्याउने र अमेरिकामा पाईने विविध अवसरका बारेमा विज्ञहरुबाट प्रस्तुति सहित छलफल हुनेछ।

टेक्सासमा लुटेराको गोली लागि नेपालीको मृत्यु

टेक्सासको डालासस्थित गारल्याण्डमा रहेको एक ग्याँस स्टेशनमा लुट्न आएका बन्दुकधारीको गोली लागि एक नेपालीको मृत्यु भएको छ । ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्याँस स्टेशनमा शनिबार राति भएको लुटपाटमा त्यहाँ कार्यरत गोरखाका ३५ वर्षीय मनिष पाण्डेको मृत्यु भएको हो।

टेक्सासमा तीन नेपालीभाषी भुटानीको मृत्यु

आइतबार साँझ टेक्सासको फोर्थवर्थमा भएको एक दुर्घटनामा परी तीन जना नेपाली मुलका भुटानी शरणार्थीको मृत्यु भएको छ।  दुर्घटनामा चार महिनाकी एउटी बालिकासहित नेपाली मूलका तीनजना भुटानी नागरिक ५१ वर्षीय डम्बर कामी,  उनकीश्रीमती ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दजीको मृत्यु भएको हो।

टेक्सासमा गोली चल्दा २६ को मृत्यु, २० जना घाइते

अमेरिकी राज्य टेक्सासमा गोली चल्दा २६ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । टेक्सासको स्प्रिङसस्थित एउटा गिर्जाघरमा आइतबार प्राथना चलिरहँदा अन्धाधुन्द गोली चलेको थियो। घाइते २० जनालाई हेलीकप्टरबाट उद्धार गरिएको जनाइएको छ।

टेक्सासमा गुन्जियो सुदुरपश्चिमको देउडा

नेपालको सुदुरपश्चिम क्षेत्रबाट अमेरिकाको टेक्सास आई बसोबास गर्ने नेपाली समुदायले टेक्सासको नेपाली मन्दिरमा गौरा पर्व र देउडा नाच भव्यतापुर्व सम्पन्न गरेका छन्। गौरा पर्व र देउडा नाच सुदुरपश्चिम समाज टेक्सासको आयोजनामा सुदुरपश्चिमवासीले निकै महत्वका साथ मनाउने गर्दछन्।

टेक्सासको बाढीमा  ९ को मृत्यु

अमेरिकाको टेक्सास राज्यमा  आँधी पश्चात् आएको बाढीमा परी ९ जनाको मृत्यु भएको छ। बाढी प्रभावित करिब दुई हजारको उद्धार गरिएको छ।

टेक्सासमा युनाइटेड नेपलिज् कन्भेन्सन सम्पन्न

अमेरिकामा रहेका युवालाई अमेरिकी परिवेशमा समाहित गराउने उद्देश्यसहित युनाइटेड नेप्लिज एसोसिएसनको दोस्रो सम्मेलन टेक्सासमा सम्पन्न भएको छ।

टेक्सासमा दुई दिने यूनाईटेड नेप्लिज् कन्भेन्सन हुँदै

अमेरिकामा हुँदै आए नयाँ ढंगले मे २७ र २८ मा युनाइटेड नेप्लिज एसोसिएसनको दोस्रो सम्मेलन टेक्सासमा हुने भएको छ। कार्यक्रमको उद्घाटन टेक्सासको अरबिड् सिटी मेयर रिक स्टोफर्डले गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्