३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कृषिबाट बर्सेनि ४ करोड कारोबार

स्याङजाको गल्याङ नगरपालिका–११, जिमुवाका कृषकले बर्सेनि करिब ४ करोड आर्थिक करोबार गर्छन् । करिब दुई सय ५० हेक्टर क्षेत्रफलमा लगाएको विभिन्न नगदे तथा खाद्य बालीबाट भएको आम्दानीले उनीहरू कारोबार गर्न सफल भएका हुन्। कृषिमा जिल्लाकै नमुना क्षेत्र भनेर जिमुवा क्षेत्रलाई चिनिन्छ।

करिब २ अर्बको शेयर कारोबार

धितोपत्र बजारमा यससाता १ अर्ब ९६ करोड ३८ लाख ७१ हजार बराबरका ४५ लाख २६ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएका छन्।

शेयर बजार : १ अर्ब ७० करोडको कारोबार

धितोपत्र बजारमा यस साता १ अर्ब ७० करोड ७० लाख ६८ हजार मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ। नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो।

कृषि सहकारीको दुई कराेड ९२ लाख कारोबार

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सुत्केरी ढुंगा साना किसान कृषि सहकारी करिब दुई करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।

अन्तर्राष्ट्रिय कृषि मेलामा १० करोड कारोबार

काठमाडौं भृकुटीमण्डपमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला आइतबार सम्पन्न भएको छ । मेला झन्डै ४३ हजार व्यक्तिले अवलोकन गरेको आयोजकले जनाएको छ ।

यस साता शेयर बजारमा १ अर्बभन्दा बढीको कारोबार

धितोपत्र बजारमा यस साता रु १ अर्ब ५४ करोड १४ लाख २५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ०.६२ प्रतिशत कम हो । गत साता १७६ कम्पनीको रु १ अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको ४१ लाख ९६ हजार ४ सय ९० कित्ता सेयर खरिद–बिक्री भएका थिए।

रसुवागढी नाकामा एक महिना कारोबार ठप्प हुने

ल्होसारको कारण रसुवागढी नाकामा एक महिनासम्म व्यवसायिक कारोबार ठप्प हुने भएको छ। चीनतर्फ ल्होसारको समयमा चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएकाले फागुन १ गतेदेखि कारोबार ठप्प हुने भएको हो।

एनआइबिएल एस क्यापिटल लिमिटेडबाट कारोबार

एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड एकआपसमा गाभिएका छन् । कम्पनीका अनुसार आइतबारबाट एनआइबिएल एस क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन हुनेछ।

शेयर बजार : एक अर्ब ५५ करोडको कारोबार

धितोपत्र बजारमा यस साता रु १ अर्ब ५५ करोड ११ लाख २ हजार बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ४१ लाख ९६ हजार ४९० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १३ दशमलव ३१ प्रतिशत बढी हो । गत साता १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता शेयर रु १ अर्ब ३६ करोड ८८ लाख ९१ हजारमा खरिद बिक्री भएका थिए।

प्रादेशिक महोत्सवमा दुई करोड बढीको कारोबार

नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव–२०७४ सोमबार समापन भएको छ। समापन समारोहमा बोल्ने बक्ताले संघियता कार्यान्वयनमा आएपछि देशमै पहिलो पटक नेपालगन्जमा आयोजित प्रादेशिक महोत्सव सफल भएको दाबी गरे।

मासिक १५ लाखको कारोबार गर्दै चिज उत्पादन केन्द्र

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रले मासिक १५ लाख रुपैयाँको हाराहारीमा कारोबार गरिरेहका छन्। २०२७ मा साविकको भिमखोरी गाविस–१ जुगेपानी पौवामा दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण केन्द्रको आयोजनामा स्थापना भएको उक्त केन्द्रले सो स्थान र आसपासका क्षेत्रबाट दूध संकलन गरिरहेका छन्।

एक अर्ब बढीको शेयर कारोबार

धितोपत्र बजारमा यस साता  १ अर्ब ९ करोड ५४ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १७० कम्पनीको २४ लाख ६१ हजार ६ कित्ता शेयर कारोबार भएको छ।

पुष्प मेलामा उत्साहजनक कारोबार

उत्साहजनक सहभागिता र कारोबार गर्दै पाँच दिने दोस्रो पूर्वाञ्चलव्यापी पुष्प व्यापार मेलामा सोमबार सकिएको छ। धरान १२ स्थित अमान बजारमा लागेको मेलामा ८० लाख भन्दा बढीको करोबार भएको छ भने २५ हजारको हाराहारीमा नागरिकहरुले अवलोकन एवं फुल खरिद गरेको आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ।

नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकरलाई साढे २१ लाख जरिवाना

नेपाल धितोपत्र बोर्डले अग्रवाल र श्रीहरि सेक्युरिटिज प्रालिलाई हाइड्रोपावर कम्पनीहरुको नक्कली सेयर कारोबार प्रकरणमा १०–१० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । सोही कसूरमा यी कम्पनीका कार्यकारी प्रमुखलाई जनही ५०–५० हजार रुपैयाँ जरिवाना गरेको बोर्डले जनाएको छ । सोही प्रकरणमा बोर्डले अर्को दलाल कम्पनी सिप्रवी सेक्युरिटिजलाई ५० हजार रुपैयाँ जरिवाना र यसका कार्यकारी प्रमुखलाई सचेत गराएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्