२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विद्यार्थी नेताले नै गरे क्याम्पसमा आगजनी

पूर्ण समानुपातिक पद्दतीको निर्वाचन प्रणालीलगायतका माग राखी स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनको विरोधमा रहेका मधेसी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी गरेका छन्।

डोजरले विद्यार्थी किचेपछि विराटनगरमा तनाव, प्रहरीद्वारा हवाइ फायर

महेन्द्र मोरङ क्याम्पसमा अध्यनरत विद्यार्थी रुपेश यादवलाई डोजरले किचेपछि आक्रोसित भएका विद्यार्थी प्रदर्शनमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ। यादवलाई किचेको डोजरमा आगो लगाएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर र लाठी प्रहार गरेको छ।

विद्यार्थीको मृत्युका कारण बनेपामा तनाव, सात राउण्ड हवाइ फायर

बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ। आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चलाउँदा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ।

गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने

जाजरकोटको एक दुर्गममा रहेको सामुदायिक विद्यालयका अध्यक्ष प्रत्येक दिन विद्यार्थीसँग विद्यालय पुग्छन्। विद्यार्थीको प्रार्थनाको समयमा आफैँ उपस्थित हुने गर्दछन्।

एमबिबिएस अध्ययरत एक विद्यार्थीकाे शव झुण्डिएकाे अवश्थामा फेला

भक्तपुरको दुवाकोटस्थित एक कलेजमा अध्ययनरत भारतीय एक विद्यार्थीकाे शव झुण्डिएकाे अवश्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ।

राजधानी छेउकै ललितपुरका विद्यार्थी ६ घन्टा हिँडेर स्कुल पुग्छन्

मकवानपुर मन्थलीकी कक्षा ६ मा अध्ययनरत सविना सायर स्कुल पढ्न बिहान ७ बजे घरबाट निस्कन्छिन्। स्कुल पुग्न मात्रै उनलाई तीन घन्टाभन्दा बढी समय लाग्छ। बिहान उनी घरैबाट खाजा लिएर जान्छिन्। हाफ छुट्टीसम्म पढेपछि घर फर्कन्छिन्, फर्कनै तीन घन्टाभन्दा बढी लाग्छ।

चुरे बचाउन जागे विद्यार्थी र वातावरणविद्

त्रिभुवन विश्वविद्यालयमा एमएससी पढ्दै गरेकी अञ्जना कुँवरको हातमा प्लेकार्ड थियो, 'चुरे संरक्षण गरौं, पर्यावरण जोगाऔं।' उनी चुरे बचाऔं भन्दै नारा पनि लगाउँदै थिइन्। उनी चुरे क्षेत्रकै स्थानीय हुन्। आफू जन्मेको उर्वर भूमि उत्खननदेखि जोगाउन र्‍यालीमा आएकी थिइन्। उनीसँगै एमएस्सी पढ्दै गरेका अभिषेक खरेल पनि 'चुरे बचाऔं' र्‍यालीमा सहभागी थिए।

अष्ट्रेलियामा नेपाली विद्यार्थी सृष्टि भण्डारीको मृत्यु

अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा सोमबार डुबेकी सृष्टि भण्डारीको शव एक दिनपछि फेला परेको छ। न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत उनको शव मंगलबार फेला परेको हो।

१२ कक्षाका विद्यार्थीद्वारा आत्महत्या प्रयास

आइतवार बिहान सदरमुकाम गमगढीमा एक जना युवकले डोरीमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका छन्।

विद्यार्थी हितकारी परिषद्

‘केटाहरू हो, यसपालिको स्ववियु निर्वाचनमा हामीले कुनै पनि हालतमा जित्नैपर्छ। विपक्षी एक–एकलाई छानीछानी क्याम्पसबाट लखेट्नुपर्छ! माथि सबै सेटिङ भइसक्या छ। पैसाको ‘नो प्रोब्लम’ है! जसले जे भन्छ त्यही दिनू तर कुनै पनि हालतमा स्ववियुचाहिँ हाम्रै हातमा है केटा हो!’

सार्वजनिक सवारीले विद्यार्थी ओसार्दा सर्वसाधारणलाई सास्ती

सार्वजनिक यातायात व्यवसायीले नियमित रुटमा सवारीसाधन नचलाई निजी विद्यालयका विद्यार्थी बोक्न थालेपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। बिहान र बेलुकी यात्रु चाप रहने समयमै व्यवसायीले तोकिएको रुटमा सवारीसाधन नचलाइदिँदा यात्रुले दुःख पाउने गरेका छन्।

नेतालाई चुनाव लाग्यो, विद्यार्थीलाई छैन

क्याम्पसमा विद्यार्थीहरुको पक्षमा आवाज उठाउने संस्थाको रुपमा मानिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावले जिल्लाको उच्च शैक्षिक प्रतिष्ठान पाँचथर बहुमुखि क्याम्पसमा रौनकता सुरु भएको छ। विभिन्न संगठनका केन्द्रीय तथा जिल्ला तहका विद्यार्थी नेताहरु स्ववियू निर्वाचको मिति घोषणा भएपछि सक्रियताका साथ क्याम्पसमा खटिएका छन्।

फेसबुकमा ‘स्टाटस’ लेखेर हिँडेका विद्यार्थी नेताको सडक दुर्घटनामा निधन

सडक दुर्घटनामा गम्भीर घाइते भएका खोटाङका विद्यार्थी नेता मिलन राईको मृत्यु भएको छ। सांगठनिक कामको सिलसिलामा राजधानी काठमाण्डौंबाट दिक्तेल आउनेक्रममा मंगलबार बिहान बाइक दुर्घटनामा परी गम्भीर घाइते भएका राईको ट्रमा सेन्टरमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

अमेरिका जान डराए विद्यार्थी

महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हासिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ।

भाइबहिनीलाई विज्ञान बुझाउँदै विद्यार्थी

'केही नमिसाएको पानीमा अन्डा किन डुब्यो?' नुन घोलेको अर्को गिलासमा अन्डा हाल्दै प्रस्तुति भट्टराईले सोधिन्, 'यसमा किन पूरै डुबेन?' शुक्रबार राजधानीस्थित टंगाल मावि साना कक्षाका विद्यार्थी चुपचाप थिए। भट्टराईले नै जवाफ दिइन्, 'नुन मिसाएपछि घनत्व बढी भयो, यसैले डुब्यो।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्