१० मंसिर २०८१ सोमबार
image/svg+xml

दोर्दी खोलामा बाढी: मृतक चारै जनाको सनाखत, एक सम्पर्कमा, ६ जना अझै बेपत्ता

बुधबार दिउँसो दोर्दी खोलामा एक्कासी आएको बाढीले बगाएपछि फेला परेका चारवटै शवको सनाखत भएको छ। पूर्वी भेगको दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रको माथिल्लो भागबाट आएको बाढीमा परेर मृत्यु भएका चार जनाको बिहीबार सनाखत भएको प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले बताए।

दोर्दी खोलामा बाढी आउँदा ४ जनाको मृत्यु, दर्जन बढी सम्पर्क बाहिर

लमजुङमा बुधबार दिउँसो को अबिरल बर्षापछि दोर्दी खोलामा आएको बाढीमा परेर चार जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा भौतिक क्षति भएको छ। पूर्वीभेगको दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रमा दिउँसो करिब ३ बजेतिर आएको ठूलो बाढीमा परेर चार जनाको मृत्यु हुनुको साथै जलविद्युत आयोजनाका संरचनामा समेत क्षति भएको हो।

लमजुङका घुम्नयोग्य गाउँ

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक भ्रमण वर्ष घोषणा गरेको छ। वर्षभरिमा करिब १५ लाख आन्तरिक पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य छ।

सिद्धगुफा मुन्तिर

माघ महिनाको एक दिन लमजुङबाट काठमाडौं फर्कने क्रममा हामीले होमस्टेमा बस्ने सल्लाह ग-यौं। पृथ्वी राजमार्गसँग जोडिएको विमलनगर बजारको सामुदायिक होमस्टे रोज्यौं हामीले। राजमार्ग दायाँबायाँ दोहोरीलत्त घर। त्यहाँ दिदीबहिनीले सञ्चालन गरेको होमस्टेमा एक रात बस्यौं हामी।

लमजुङमा भूकम्पको धक्का

लमजुङमा आइतबार भूकम्पको धक्का महसुस भएको छ। अपराह्न ४ बजेर १ मिनेटको समयमा उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

१९ दिनपछि खुल्यो लमजुङ–मनाङ सडक

भदौ अन्तिमसाता गएको मर्स्याङ्दी पहिरोका कारण कतै भत्किएर त कतै पहिरोले पुरेर अवरुद्ध बन्दै आएको लमजुङ–मनाङ सडकमा सवारी आवागमन सुचारु भएको छ। भदौ २७ गते तीजको दिनमा परेको भीषण वर्षासँगै गएको पहिरोले क्षतिग्रस्त बनाएको सडक मर्मतसम्हार गरिएपछि आइतबार दिउँसोदेखि यातायात सेवा सञ्चालन गरिएको हो।

लमजुङमा बाढीको वितण्डाः विभिन्न स्थानमा पहिरो, तीन जनाको मृत्यु, दुई बेपत्ता

यसवर्ष हरितालिका तीजकै दिन बुधबार परेको अविरल वर्षाका कारण लमजुङका विभिन्न स्थानमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ।

लमजुङको ३ ठाउँमा विष्फोटक पदार्थ भेटियो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेपाल बन्दमा जिल्लाका तीन स्थानमा विष्फोटक पदार्थ भेटिएको छ। शनिबार बेसीसहर–डुम्रे सडक खण्डको पाउँदी, मध्यनेपाल नगरपालिकाको दुईपिप्ले र मर्स्याङ्दी गाउँपालिकाको रामबजारमा विष्फोटक पदार्थ भेटिएको हो।

‘हाईड्रोमोडेल’ लमजुङ बनाउने तयारी

जलविद्युत उत्पादनमा राम्रो सम्भावनाको सूचीमा परेको यस जिल्लालाई ‘हाईड्रोमोडेल’ (जलविद्युत उत्पादनमा नमुना) क्षेत्र बनाउने तयारी थालिएको छ।

देशभरका घलेहरु लमजुङमा जुटेर मनाए लिःल ल्होसार

देशका विभिन्न जिल्लामा छरिएर रहेका जनजाति अन्तर्गतका घले जातिले यसवर्षको लिःल अर्थात घले ल्होसार लमजुङमा भेला भएर सामुहिक रुपमा मनाएका छन्। लिल फङ(घले समाज) केन्द्रिय समिति, ल्होसार मुलआयोजक समितिको आयोजनामा यसवर्षको ल्होसार बेसीसहरमा मनाईएको हो।

लमजुङमा अलैंची उत्पादन घट्यो

लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंँची उत्पादन घटेको छ। मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै चिन्तित बनेका छन्।  अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले अलैँची उत्पादन घटेको अलैँची व्यवसायी महासंघ लमजुङले जनाएको छ। गत वर्ष ८२१ क्विन्टल अलैँची उत्पादन भएकोमा यसवर्ष ६०० क्वीन्टल अलैँची उत्पादन हुने अनुमान गरिएको महासंघका अध्यक्ष अजय तामाङले बताए।

लमजुङमा १९ उम्मेदवारको धरौटी जफत

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका १९ जनाको धरौटी जफत भएको छ। कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानूनबमोजिम राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारको धरौटी जफत भएको हो।

समानुपातिकतर्फ लमजुङमा एमाले पहिलो

मंसिर १० गते भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको अन्तिम परिणाम अनुसार यहाँ नेकपा एमाले पहिलो स्थानमा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्