२६ आश्विन २०८१ शनिबार
image/svg+xml

स्किब्स बास्केटबल यसै साता

स्किब्सको आयोजनामा पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता साउन ३२ गतेदेखि हुने भएको छ।

बुदोकैदोको छनोट

फ्रान्समा कात्तिकमा हुने अन्तर्राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराते प्रतियोगिताका लागि नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघले ७ खेलाडी छनोट गरेको छ।

सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने : खेलकुदमन्त्री

सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले हरेक २ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन्।

विजय र बलिरामको जोडी च्याम्पियन

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका विजय थापा र बलिराम चौधरीको जोडीले पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन भलिबल क्लबको कोर्टमा शनिबार सम्पन्न फाइनलमा विजय र बलिरामको जोडीले आयोजक ढोरपाटनका मनवीर छन्त्याल र शोभित रानामगरलाई सोझो सेटमा स्तब्ध बनाउँदै उपाधि आफ्नो बनाएको हो।

सेब क्वार्टरफाइनलमा

सेब आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

विल्सन र ग्रिनल्यान्ड क्वार्टरफाइनलमा

विल्सन एकेडेमी र ग्रिनल्यान्ड आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

तीन टोलीलाई गोल्डेनपिक बास्केटबल उपाधि

आठौं गोल्डेनपिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि ग्रिनल्याण्ड, लालिगुराँस र रिलायन्सले जितेका छन्। शुक्रबार भएको सिनियर ब्वाइजको उपाधि भिडन्तमा ग्रिनल्याण्ड स्कुलले आयोजक गोल्डेनपिकमाथि ४६–४२ को कठिन जित निकाल्यो। सिनियरतर्पm उत्कृष्ट खेलाडी चुनिएका ग्रिनल्याण्डका राजिव आलेले उत्कृष्ट प्रदर्शन गर्दै १९ स्कोर गरेका थिए। चावहिल सरस्वतीनगरस्थित गोल्डेनपिक हाइस्कुलकोे कोर्टमा भएको जुनियर ब्वाइजमा लालिगुराँसले बाजी मा¥यो।

सागको महिला क्रिकेट पोखरामा

पोखरामा साग महिला क्रिकेट प्रतियोगिता गर्ने प्रारम्भिक तयारी गरिएको छ। कीर्तिपुर र मुलपानी क्रिकेट मैदानको निरीक्षणपछि राष्ट्रिय खेलुकद परिषद्(राखेप)ले महिला क्रिकेट प्रतियोगिता पोखरा रंगशालामा आयोजना गर्ने सम्भावना बढेको हो। पोखरामा आयोजना गर्ने सम्भावना बढेपछि आवश्यक पुर्वाधारसमेत मैदान मर्मत सम्भारको गृहकार्य सुरु गरिएको छ।

जुडो टोली चीन जाने

प्रोग्राम वेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा भाग लिन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार चीनको झिनहुवा जाने भएको छ।

सागका लागि कुस्ती प्रशिक्षण प्रारम्भ

नेपालमा हुने १३औं साग खेलकुद प्रतियोगिताका लागि कुस्ती खेलको बन्द प्रशिक्षण हेटौंडामा सुरु भएको छ। मंसिर १५ देखि २४ गतेसम्म काठमाडौमा हुने कुस्ती प्रतियोगितामा सहभागिता जनाउन खेलाडी छनोट गर्न प्रशिक्षण सुरु गरिएको हो।

इन्डोर स्कुल क्रिकेट हुने

क्यान्भास इन्डोर स्कुल क्रिकेट प्रतियोगितामा १६ स्कुलले सहभागिता जनाउने भएका छन्। आयोजक क्यानभास बोर्डिङ स्कुलले पत्रकार सम्मेलनमार्फत आइतबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दियो। स्कुल स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सानै संरचनाको इन्डोर क्रिकेट प्रतियोगिता गर्न लागिएको आयोजक स्कुल क्यानभासका प्रिन्सिपल रमेशकुमार लिङ्देनले जानकारी दिए। सहभागि टोलीलाई चार समूहमा विभाजन गरी खेलाइने भएको छ।

विधान र विशालको जोडीलाई उपाधि

पोखरामा आयोजित राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीका विधान अधिकारी र विशाल बस्नेतको जोडीले जितेको छ । बुधबार भएको फाइनलमा अधिकारी र बस्नेतको जोडीले काठमाडौँका प्रदीप र सुरज महर्जनको जोडीलाई २१–१८, २१–१५ को सेटमा पराजित गरी उपाधि जितेको हो । विजेताले उपाधिसहित ५० हजार रुपियाँ पुरस्कार प्राप्त ग¥यो भने उपविजेताले रु ३० हजार पुरस्कार पायो ।

विजेतालाई सरकारको पुरस्कार

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाएका विभिन्न स्पर्धाका खेलाडीलाई बुधबार युवा तथा खेलकुद मन्त्रालयले नगदसहित सम्मान गरेको छ। सम्मान हुनेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि स्वर्ण पदक जित्ने धावक अजितकुमार यादव, ब्याडमिन्टनका प्रिन्स दाहाल र अजय तामाङलाई सम्मान गरेको हो।

भलिबललाई स्याटलाइट टेलिकमको साथ

साउन अन्तिम साता काठमाडौंमा आयोजना हुने एसियन भलिबल कन्फडरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल स्याटलाइट टेलिकमले २० लाख रुपैयाँबराबरको प्रायोजन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्