७ आश्विन २०८१ सोमबार
image/svg+xml

पोखराको लामाचौरमा भलिवल, साविक विजेता गण्डकी सोझो सेटमै पराजित

साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कप भलिवल प्रतियोगिमा सोझो सेटमै पराजित भएको छ। चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल पुलिस क्लबसँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो।

पश्चिमाञ्चल माविलाई छात्रा भलिवल प्रतियोगिताको उपाधि

पश्चिमाञ्चल माविले कास्की जिल्ला अन्तर मावि स्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। सोमबार भएको फाइनल खेलमा पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले पोखराकै न्यू ग्यालेक्सी माविलाई सोझो सेटमा पराजित गरेको हो।

पोखरामा तायाःमचा नाच प्रतियोगिता हुने

पोखरामा भदौ ८ गते तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ। हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यसवर्ष पोखरा महानगरपालिका–९ नयाँबजारस्थित शिव–गणेश मार्गमा हुने आयोजकले बताएको छ।

देव र संस्कृतिको लगातार दोस्रो जित

देव स्कुल र संस्कृति इन्टरनेसनल स्कुलले जयकुमार नाथ शाह स्मृति यु-१६ ट्वान्टी २० अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन्।

१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका विजेतालाई सम्मान

१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ।

सहाना स्मृति राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई

विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ।

हक्कीमा आर्मी र गण्डकी फाइनलमा

विभागीय टोली आर्मी क्लब र गण्डकी प्रदेश सोमबार छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

अन्तर्राष्ट्रिय यु- १९ भलिबल प्रतियोगिता : नेपाल र बङ्गलादेश फाइनल भिड्दै आज

नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु- १९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ।

महिला हक्कीमा गण्डकी र आर्मी विजयी

गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा जित निकालेका छन्।

सहाना स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता : त्रिभुवन आर्मीलाई सफलता

विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा जित निकालेको छ।

दुवै पुलिस भलिबलको फाइनलमा

नेपाल पुलिस र एपिएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।

ऋतिक र अभिलाषाको जोडीलाई स्वर्ण

ऋतिक राणा र अभिलाषा विष्टको जोडीले १०औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन्।

सुनीरा र अभिलाषाबीच उपाधि भिडन्त

सुनीरा थापा र अभिलाषा विष्ट दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सको उपाधिका लागि भिड्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्