एमालेमा फेरि ओली नेतृत्व
मत गणनापछि एमाले केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले ओली अध्यक्षमा विजयी भएको घोषणा गरेका थिए। मंगलबार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। दुई हजार एक सय ५३ मतदाता रहेकोमा दुई हजार एक सय १४ जनाले मतदानमा सहभागी भएको जानकारी सुब्बाले दिए।