जयनगर–कुर्था रेल मार्गमा चार दिन सेवा बन्द हुने
मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी मङ्सिर १ गते बिहीबारदेखि मङ्सिर ४ गते आइतबारसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनि लिमिटेडले जनाएको छ।
मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी मङ्सिर १ गते बिहीबारदेखि मङ्सिर ४ गते आइतबारसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनि लिमिटेडले जनाएको छ।
कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको छ।
जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन्। भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गरेका थिए।
सरकारले १६ महिनाअघि जयनगर–कुर्था ३४.९ किलोमिटर खण्डमा रेल चलाउने भन्दै भारतबाट दुई थान रेल भित्र्याएको थियो। सरकारले आवश्यक तयारीबिनै ८४ करोड रूपैयाँ खर्चेर दुई ती रेल जनकपुर ल्याएको थियो।
१४ महिनाअघि ८४ करोड रुपैयाँ खर्च गरेर नेपाल भित्र्याइएका दुईवटा रेल चलाउन न अझसम्म कर्मचारीको व्यवस्था भएको छ न कानुन बनेको छ, न आवश्यक बजेट नै निकासा भएको छ ।
भारतीय सरकारले अनुदानमा निर्माण गरेको जयनगर–कुर्था ३४.९ किलोमिटर अन्तर्राष्ट्रिय रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
सरकारले चालु वर्षभित्रै जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउने प्रचार गरे पनि आवश्यक कर्मचारीको व्यवस्थापन हुन सकेको छैन। यसले चालु आर्थिक वर्षभित्र रेल सञ्चालन हुनेमा अन्योल उत्पन्न भएको छ।
सरकारले जनकपुर–जयनगर–कुर्था खण्डमा चलाउन ८४ करोड ६५ लाख रुपैयाँमा दुइटा रेल किन्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताउँदै आएका थिए। तर खरिद प्रक्रिया सुरु नगरिँदा नेपालमा रेल चलाउने प्रयास भाषणमा सीमित हुने हो कि भन्ने आशंका व्याप्त थियो।